काठमाण्डौ,वैशाख २ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ¥यापिड अर्थात द्रुत परिक्षण सुरु भएसगैं सङ्क्रमितको सङ्ख्या पनि बढ्दै परिक्षण सुरु गरिएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । अहिलेसम्म नेपालमा १४ जनामा कोरोना भएको पुष्टि भएको छ ।
हिजो रौतहटका एक १९ वर्षका युवा तथा कैलालीका एकजना ६५ वर्षका महिलामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाका ६५ वर्षका महिलामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । अस्ति पर्साको वीरगंज महानगरपालिका, वडा नम्बर दुइ, छपकैया स्थित मस्जिदमा बसेका तीन जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यसैबीच कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि सरकराले अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण दर बढेसँगै सरकारले अन्तरिम निर्देशका जारी गरेको हो । प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोरोनाका शङ्कास्पद, सम्भावित र पुष्टि भएका व्यक्तिको व्यवस्थापनलाई सहज र सरल बनाउन निर्देशिका बनाइएको सरकारले जनाएको छ ।
सरकारले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि मुलुकभरबाट एक सय ११ वटा सरकारी तथा निजी अस्पतालका साथै मेडिकल कलेजको सूची सार्वजनिक गरेको छ । २५ वटा अस्पताललाई ‘हब’ अस्पतालको रुपमा तोकिएको छ भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी कोभिड क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । निर्देशिकामा आवश्यकताअनुसार अस्पताल विस्तार तथा परिमार्जित गर्दै लाने भनिएको छ ।