गुल्मी वैशाख २ । गुल्मीको कालिगण्डकी गाँउपालिका वडा नं ५ फोक्सिङका ७० वर्षीय ओमप्रसाद सार्की नयाँ वर्ष मनाउन तरखरमा थिए । सरकारले लकडाउन जारी गरे पनि उनलाई नयाँ वर्ष भव्य रूपमै मनाउने सोचेका थिए । आइतबार नै उनले खसी काटेर ठिकठाक पारेका थिए । एक छाक त आईतबार नै खान भ्याइसकेका थिए ।
उनी ६९ वर्षिया श्रीमती खिमकला सार्कीसँग बस्थे । उनीहरूका ३५ वर्षीय छोरा वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा छन् । सोमबार बिहान उनी पसलमा चुरोट किन्न गएका थिए । चुरोट खाएर बुढाबुढी घाँस काट्न गएको स्थानीयको भनाई छ । तर दिउँसो भने उनीहरूको शव रूखमा झु*न्डिएको अवस्थामा फेला परेको छ । ’उनीहरूले हिजोसम्म नयाँ वर्ष मनाउने भनेर खसी काटेर राखेका थिए,’ कालीगण्डकी गाँउपालिकाकी उपाध्यक्ष तारा थापाले भन्नुभयो ,’ बिहान पनि पसलमा चुरोट खाएर घाँस काट्न खेत हिँडेका थिए ।’
बुहारी र नातिनातिना घरमै छन् । तर के कारणले उनीहरूले आत्मह*त्या गरे भन्ने कुरा पत्ता नलागेको वडा नं ५ का वडाध्यक्ष थम्मन सिहं आलेले जानकारी दिनुभयो । दुवै जना मजदुर गर्ने मान्छे हुन् ,’ आलेले भन्नुभयो,‘ ७० बर्षको मान्छे किन झु*ण्डिए अचम्म परेका छौ ।’यस घटनाले गर्दा नयाँ बर्षकै दिन छिमेक नै शोकमा परेको स्थानीय खुम बहादुर परियारले बताउनुभयो ।
कहिलेकाँही श्रीमान श्रीमतीबीच मनमुटाब हुने कुरा सामान्य भए पनि घाँस काट्न गएका बुढाबुढीनै झु*ण्डिएपछि परिवारमा सन्नटा छाएको उहाँले बताउनुभयो । आत्मह*त्याको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक चुरामणी पुनको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का गरेर शव पोष्टमार्टमको लागि जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताउनुभयो ।
फोटो नयाँपत्रिका दैनिक