बाग्लुङको बडीगाड खोलामा हा*म फा’लेका युवाको जि*वितै उद्धार

बाग्लुङको बडीगाड खोलामा हा*म फा’लेका युवाको जि*वितै उद्धार

Badigad Online
2 Min Read

बडीगाड अनलाईन सवांददाता, वैशाख २ बाग्लुङ । बडीगाड खोलामा हा*म फा*लेका युवाको जि*वितै उद्धार गरिएको छ । बाग्लुङको बडीगाड गाउँपालिका वडा नं ५ स्थित गुल्मीको मुसिकोट नगरपालिका पौँदीअमराई र बाग्लुङको बडीगाड गाउँपालिका जोड्ने जोगिवगरमा रहेको झोलुङ्गे पुलबाट हा*म फा*लेका युवाको जिवितै उद्धार गरिएको हो ।

कास्कीको घान्द्रुक स्थायी घर भई हाल बडीगाड गाउँपालिका खौलारमा रहेको एक मोटरसाइकल वर्कसपमा काम गर्ने २२ वर्षीय प्रदिप परियारले करिब साढे २ बजेको समयमा बडीगाड खोलामा हा*म फा*लेको बताईएको छ । उनले हा*म फा*लेको खोलामा माछा मार्दै गरेका स्थानीयले देखेका थिए ।

खोलामा माछा मार्दै गरेका सोही गाउँपालिकाका रमेश थापाले खोलामा हा*म फा*लेका देख्नासाथ पौडी खेलेर उनको उद्धार गरेको बताएका छन् । बडीगाड खोलामा हा*म फा*ल्नु भन्दा पहिले पुलमा ३ ४ पटक यता उता गरेको र एक छिन अल्मलिएर झोलुङ्गे पुलमा चढेर खोलामा हा*म फा*लेको प्रत्यक्षदर्शी थापाले बताउनुभयो ।

लकडाउनका कारण उनले काम गर्ने ग्यारेज बन्द भएको र प्रारम्भिक रुपमा कुरा बुझ्दा उनले नियमति रुपमा लागु*पदार्थ सेवन गर्ने गरेको र केही दिन यता त्यसको सेवन गर्न नपाउँदा छट्पटिएर नदीमा हा*म फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको ग्वालिचौर प्रहरी चौकीका ईन्चार्ज राजेन्द्र बहादुर भुजेलले जानकारी दिनुभयो ।

अहिले उनलाई सोही ग्यारेजका मालिकले घरमा लगेर गएको र तत्कालै उद्धार गरिएकाले स्वास्थ्य अवस्था पनि सामान्य रहेको उहाँले बताउनुभयो । कास्की स्थायी घरभएका उनले केही समय देखि खौलारमा रहेको उक्त ग्यारेजमा काम गर्दै आईरहेको बताईएको छ । उनलाई सोध्दा आफुले पहिले लागु*औषध प्रयोग गर्ने गरेको भएपनि अहिले भने छाडेको बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित