रामप्रसाद घिमिरे बाग्लुङ,वैशाख २ । बाग्लुङमा चट्याङ लागेर २ जना घाईते भएका छन् । जिल्लाको बाग्लुङ नगरपालिका वडा नं १ तिनतलेमा मंगलबार बेलुकी ७ बजेको समयमा परेको चट्याङले लागेर २ जना घाइते भएका हुन् । तीनतले स्थित २ घरमा परेको चट्याङले लागेर स्थानीय २४ पिङ्की नेपाली र १४ वर्षीय प्रेरणा दगांल घाइते हुनुभएको हो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ पागंं स्थायी घर भएकी दगांल आफन्तकोमा आएको बताईएको छ । उहाँहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको वडाध्यक्ष खेमराज सापकोटाले जानकारी दिनुभयो । उपचारका क्रममा पीकींको होस खुलेपनि प्रेरणा भने अझैसम्म अचेत रहेको उहाँले बताउनुभयो । चट्याङले घरमा के कति क्षति भयो भन्नेबारे भने आकंलन हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।
बाग्लुङमा पछिल्लो समय चट्याङ् पर्ने क्रम बढदै गएकाले विद्युतीय सामाग्रीहरु गड्याङ्गुडुङ गरेको बेला बन्द गर्न वडाध्यक्ष सापकोटाले आग्रह गर्नुभएको छ । मंगलबार नै काठेखोला गाउँपालिका–७ रेशमो चट्याङले लागेर ३ जना घाइते भएका थिए । उनीहरुको पनि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभएको छ