बाग्लुङ सिगांनामा पनि चट्याङ : ३ जना घाईते

बाग्लुङ सिगांनामा पनि चट्याङ : ३ जना घाईते

Badigad Online
1 Min Read

रामप्रसाद घिमिरे बाग्लुङ,वैशाख २ । बाग्लुङमा चट्याङ लागेर फेरी ३ जना घाईते भएका छन् । जिल्लाको बाग्लुङ नगरपालिका वडा नं ८ सिगांनामा आज बेलुकी परेको चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

सिगांनास्थित एकघरमा परेको चट्याङले लागेर सोही घरकी ३२ वर्षीया अनु जिसी उहाँकी छोरी १६ वर्षीय अस्मिता जिसी र ९ वर्षका छोरा असिम जिसी घाइते हुनुभएको हो ।  उहाँहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको बताईएको छ । स्वास्थ्य अवस्था सामान्य रहेपनि बालकको भने टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङले घरमा के कति क्षति भयो भन्नेबारे भने राति भएको र वर्षा पनि भएकाले आकंलन गर्न कठिन भएको बताईएको छ । यो सगैं बाग्लुङमा मगंलबार मात्रै चट्याङ लागेर ८ जना घाईते भएका छन् । घाईते सबैको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभएको छ ।

यसैबीच जैमिनी नगरपालिका वडा नं ५ विनामारेमा पनि चट्याङ लागेर एक युवा घाईते भएका छन् । स्थानीय पवित्रा शर्माको घरमा चट्याङ पर्दा उहाँका छोरा हिमाल शर्मा घाईते हुनुभएको छ । उहाँको उपचारका लागि अहिले धौलागिरी अञ्चल अस्पताल बाग्लुङ ल्याईएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित