आजपनि मेघगर्जन सहित वर्षा र चट्याङको सम्भावना सचेत रहन आग्रह

आजपनि मेघगर्जन सहित वर्षा र चट्याङको सम्भावना सचेत रहन आग्रह

Badigad Online
1 Min Read

काठमाडौँ वैशाख ३ । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै अहिले नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमीका केही भागमा अहिले पू्र्ण बदली भएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने आंशिक बदली अवस्था छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । यो समय बढी चट्याङ पर्ने समय पनि भएकाले सावधानी अपनाउन पनि अनुरोध गरिएको छ । विद्युतीय सामाग्रीहरु प्रयोग पछि बन्द गर्न र गड्याङगुडुङको समयमा नचलाउन पनि आग्रह गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित