रामकृष्ण कंडेल बैशाख ३ गुल्मी । नेपाल कम्युनिस्ट पार्टि (नेकपा) मुसिकोट नगर ईन्चार्ज जिवन खरेलले भयावह बनेर देखापरेको विश्वव्यापी कोरोना भाइरको महामारी माथि पनि समयक्रममा मानवजातिले विजय प्राप्त गर्ने बताउनुभएको छ ।
मुसिकोट नगरवासी तथा गाउँनिवासीहरूलाई सम्वोधन गर्ने क्रममा एक अपिल जारी गर्दै नगर ईन्चार्ज खरेलले इतिहासमा पुर्खाले र हामी समेतले अनेकौं प्रकारका रोग र महामारी, प्राकृतिक, राजनैतिक र कैयौं मानव श्रृजित कठिनाइसंग जुझ्दै अगाडि बढेको बताउनुभएको छ । हालको परिवेशमा राज्यका सम्वद्ध निकायहरूबाट भएका व्यवस्था तथा निर्देशनहरू पछ्याउनु र आ आफ्नो ठाउँबाट स्वयमसेवी तवरले आफू र आम जनताको स्वास्थ्य रक्षाका लागि खट्नु यतिखेर सबैको कर्तब्य र दायित्व बनेको नगर ईन्चार्ज खरेलको भनाई छ ।
आज जारी गरिएको अपिलमा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) जिल्ला कमिटि गुल्मी अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या विभाग संयोजक समेत रहनु भएका खरेलले अहोरात्र मिहिनेतपूर्वक काम गरिरहेका चिकित्सक नर्स सहितका स्वास्थ्य प्राबिधिकहरू, महिला स्वास्थ्य स्वयंसेविका र युवा स्वयंसेवकहरू, सुरक्षाकर्मीहरू, सरसफाइकर्मी र एम्बुलेन्स चालकहरू तथा विभिन्न तहका जनप्रतिनिधिहरू समेतका योगदानको उच्च प्रसंशा सम्मान व्यक्त गर्नुभएको छ ।
हामिलाई प्राप्त अपिलमा नगर ईन्चार्ज खरेलले अब पुन : लकडाउनको अवधि थप भैरहेको परिप्रेक्ष्यमा वर्तमान महामारीबाट जिम्मेवारी निर्वाहमा हतोत्साहित वा आतंकित नभैकन थप होशियारिपूर्वक कामहरू गर्नेतर्फ कृतसङकल्पित हुन सबैलाई आह्वान समेत गर्नु भएको छ । लामो समय देखि स्वास्थ्य क्षेत्रमा समेत संलग्न रही यस बिषयमा दक्षता गर्नुभएका खरेलले कोरोना भाईरस बाट बच्नको लागि नगरबासीहरूलाई भिडभाडमा नबस्न र कसैको स्वास प्रस्वास संगै आउने छिटा पर्नेगरी नजिक नबस्न, अरुले प्रयोग गरेका सामान र ठाउँ समेत छोएपछी साबुन पानीले हात धुन र जथाभावी हातले नाक मुख आँखा नछुन आग्रह गर्नुभएको छ ।
त्यस्तै संकास्पद लक्षण र व्यबहार भएका ब्यक्ति वा स्वास्थ्य संस्था र स्थानीय सरकारलाई सूचना दिन, उच्च रक्तचाप हाइ ब्लड प्रेसर ,मुटुरोग, मधुमेह सुगर र दम खोकी लगायतका दीर्घरोगका औषधि सेवन गर्दै आएकाहरूले यो बेलापनि कुनै हालतमा आफ्ना औषधि नछुटाउनुहुन त्यस्तै खाद्य सामग्री र दैनिक उपभोग्य सामग्रीहरू फारोतिनो र जतन गरि प्रयोग र उपभोग गर्न उहाँको आग्रह छ । सामान्य रुघाखोकी जस्ता लक्षण देखिएमा तुरुन्तै नआत्तिन, बेसार,अदुवा,गुर्जो,ज्वानु,कागती, र सिधेनून मध्ये आफ्नो रुचि र उपलब्धता अनुसार राखेर तातो झोल्याइलो पेय बनाइ कम्तिमा २/३ घन्टाको अन्तरमा २/२ गिलास पिउनुहुन बिशेष आग्रह गर्दै नगर ईन्चार्ज खरेलले मुसिकोट नगरबासिहरू लाई नयाँ वर्ष २०७७ को सबैमा सुस्वास्थ्य र समुन्नतिको निम्ति हार्दिक कामना समेत ब्यक्त गर्नु भएको छ ।