नगरप्रमुखको स्पष्टोक्ति : मलाई जानकारी गराईएन्

नगरप्रमुखको स्पष्टोक्ति : मलाई जानकारी गराईएन्

Badigad Online
5 Min Read

बडिगाड अनलाईन, बाग्लुङ, वैशाख ४ । ढोरपाटन नगपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफ्नो नाम जोडेर बिभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक भएको बताएका छन् । बैशाख १ गते सोमबार ढोरपाटन नगरपालिकाकी ३३ बर्षिय महिलाको मृत्युको बिषयमा आफ्नो नाम जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाई छ ।

साथै विभिन्न संचारमाध्यमले वास्तविकता नबुझि आफुलाई जिम्मेवार ठहर्याएर समाचार प्रकाशन र प्रसारण गरेको प्रति खेद प्रकट गरेका छन् । उनले बिरामीको बिषयमा आफुलाई केहि पनि जानकारी नभएको र समाचार हेरेर मात्रै थाहा पाएको बताए । ‘समयमै मलाई जानकारी गराएको भए मैले हेलिकप्टर मगाएर भएपनि उपचार गराउथे । तर मलाई थाहा नै भएन । समाचार पढेर झसंग भए।’ उनले भने ‘ गर्भवती महिलाको ज्यान जानु दुखद घटना हो । म अत्यन्तै दुःखी छु।’

गत बैशाख १ गते सोमबार इक्टोपीक प्रेगनेन्सीका कारण समयमै उपचार नपाएर एक महिलाको निधन भएको थियो । नगरपालिकामा एम्वुलेन्सको व्यवस्था नगरिएको र हेलिकप्टर नमगाएका कारण विरामी समयमा उपचार नपाएर मृत्य भएको भन्दै आरोप लगाइएको थियो । नगरप्रमुख नेपालीले प्राथामिक स्वास्थ्य केन्द्रमा पटक पटक बैठक नै राखेर एम्बुलेन्स ल्याउन निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार एम्वुलेन्स ल्याउने प्रकियामा छ । उनले अब छिट्टै एम्बुलेन्सको सुबिधा दिने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वार्थ भन्दा माथि उठेर स्वच्छ मनले ढोरपाटन बासीको लागि हर्दम काम गर्दै आएको उनको भनाई छ ।

भएको के हो ? यस्तो छ वास्तविकता

डा.मिलन मल्ल र डा. दिलिप कोजुको भनाईमा उनी चैत २८ गते शुक्रबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तस्राव भएको भन्दै उपचारका लागि आएकी थिइन् । त्यसको एक्सरे गर्दा गर्भ नदेखिएको र पिसाब जाँच गर्दा देखिएपछि इक्टोपीक प्रेगनेन्सी भएको हुनसक्ने वा गर्भ खेर पनि गएको हुनसक्ने बीरामीको वास्तबीक अवस्था पहिचान नभएकाले अवस्था पहिचान गर्नका लागि तत्कालै डाक्टर कोजुले सुबिधासम्पन्न अस्पतालमा जान सुझाउनुभएको थियो । उनी लक डाउनका कारण अस्पताल जान भने सकेकी थिइनन् ।

डिउटिमा खटिएकी डा. लक्ष्मी अर्यालले उनको अवस्था देखेर डा.मल्लसंगको सहकार्यमा यहाँ उपचार संम्भव नभएकाले यहाँ हुने उपचार गरी जसरी हुन्छ छिटो अस्पताल पुराउनका लागि तत्काल अक्सिजन लगाएर एम्बुलेन्समा बिरामीलाई पठाइएका थिए । बाटोमा बिरामीको अवस्था झन् बिग्रदै गएकाले डा. मल्लले तत्कालै बीरामीलाई अस्पताल पुराउनुपर्ने भन्दै डा. अर्याल स्वास्थ्यकर्मी र इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी बीरामीको भाईको को सक्रिएयतामा हेलीमा लैजाने निष्कर्षमा पुगेका थिए ।

प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाबाट दुर्गमका जोखिममा रहेका सुत्केरीहरुलाई उद्धार गर्ने कार्यक्रम अन्तर्गत हेलिकप्टर मगाइयो यस अघि सो ही अवस्थामा १ घण्टामा उपलब्ध हुदै आएको उक्त सेवा लकडाउनका कारण गृह मन्त्रालयको पास चाहिएका कारण हेली रेडि भएपनी आउन सकेन । प्रमुख जिल्ला अधिकारी मार्फत मार्फत त्यो प्रक्रिया गृह मन्त्रालय पुराउनुपर्ने भएकाले लम्बीएका कारण तीन घण्टा लाग्यो । गृह मन्त्रालयको स्वीकृति लिदा समय लागेको हो । स्वीकृति पाएर पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पुर्याउदा विरामी निधन भएको थियो ।

इक्टोपीक प्रेगनेन्सी ?

यो अवस्था भनेको पाठेघर भन्दा बाहिर गर्भ बस्नु हो । यसरी पाठेघरको बाहिर नलीमा गर्भ बसेमा बिस्तारै बढ्दै जाँदा त्यो नली फुट्छ र उच्च रक्तस्राब हुन्छ । समयमा उपचार नपाए महिलाको ज्यानै जान सक्छ । त्यसको उपचार शल्यक्रिया विना सम्भव हुदैन । यसरी सल्यक्रिया गर्न जिल्ला अस्पतालमा पनि सम्भव छैन् । सल्यक्रिया पश्चात तत्कालै आइसीयु मा राख्नुपर्छ यस्तो समस्याको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कुरै भएन ।

पीएचसीमा एम्बुलेन्सको अभाव

एम्वुलेन्स खरिद गर्ने प्रक्रियाकै कारण ढिलाइ भएको हो । ’नगरप्रमुख ज्युले आजै किनेपनी पैसा तिर्न तयार छु भनिरहनु भएको छ । तर कागजी प्रक्रियाले नै अलमलाएकाले ढिला भएका हो’ त्यँहा कार्यरत एक स्वास्थ्यकर्मीले भने । पहिले प्राथामिक स्वास्थ्य केन्द्रका नाममा किन्ने भनेर प्रक्रिया अगाडी बढाईएको थियो । तर कुरा यातायात व्यवस्था बिभागमा गएर अड्कियो ।

स्वास्थ्य केन्द्रको नाममा पहिले नै दुईओटा एम्बुलेन्स दर्ता थियो । दुइओटा भन्दा धेरै ल्याउन मिल्दैन । ‘त्यसैले अहिले नगरप्रमुखको निजी खर्चमा भएपनी नगरपालिकाको नाममा ल्याउनका लागी सबै डकुमेन्ट पेस गरिसकेका छौँ सबै प्रक्रिया भएको छ । लकडाउन खुल्दा बित्तीकै आउछ’ ती स्वास्थ्यकर्मीले भने । स्वास्थ्य केन्द्रको नाममा रहेका दुइ एम्बुलेन्स मध्ये एउटा निशीखोला गाउँपालिकालाई दिइएको थियो । अहिले त्यो बिग्रिएर थन्केको छ । अर्को पनि बिग्रेर बनाउनका लागि सदरमुकाम पठाइएको छ । ‘त्यो बन्न लाग्ने खर्चमा अलिकती पैसा थपे अर्को एम्बुलेन्स आउने रहेछ । त्यसैले बनाइएको छैन त्यो पनि थन्किएरै बसेको छ’ नगरपालिकाका एक अधिकारीले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित