२ जना कोरोना सक्रंमित भेटिएको बागलुङको पछिल्ला अवस्था यस्तो छ

२ जना कोरोना सक्रंमित भेटिएको बागलुङको पछिल्ला अवस्था यस्तो छ

Badigad Online
5 Min Read

बागलुङ, वैशाख १४ । कोभिड–१९ को पाँचौँ र छैटौँ संक्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच ९आरडिटी० गरिएको छ । सम्भावित संक्रमितमा कोरोना भाइरस जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पाँचौँ संक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको २० दिन पुग्यो भने छैटौँ संक्रमित सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा १५ दिन । संक्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । उनीहरुसँगै कोरोना भाइरसको संक्रमण भित्रिएको पनि बिहीबार एक महिना नाघ्यो ।

यसबीचमा दुवै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकिएको छ । जाँचका क्रममा दुवै परिवारका सदस्यमा कोरोना भाइरस भने देखिएन । स्वास्थ्य कार्यालका अनुसार छैटौँ संक्रमितको ‘कन्ट्याक्ट टे«सिङ’ गरी कोरोना जाँचिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । छैटौँ संक्रमितको परिवारका सदस्य, आफन्त र बसोबास क्षेत्रमा जाँच गरिएकामा कसैमा पनि संक्रमण नदेखिएको कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । पाँचौँ संक्रमित युवतीसँग सम्पर्कमा आएका थप २१ जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पाँचौँ संक्रमितसँग सम्पर्कमा आएका थप २१ जनाको जाँचको रिपोर्ट आएपछि जिल्लामा जोखिमको अवस्थाबारे थप आँकलन गर्न सकिने उहाँले बताउनुभयो । पाँचौँ संक्रमितबाट पनि बुबा लगायत घरका सदस्यमा भने कोरोना सक्रंमण नदेखिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म गरिएका जाँचका आधारमा संक्रमितबाट समुदायमा कोरोना भाइरस नसरेको पाइएको र संक्रमितका परिवारका सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा ‘पिसिआर’ विधिबाटै कोरोना जाँच भइरहेको उहाँको भनाई छ ।

धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले शुरुका दिनका तुलनामा त्रास र जोखिम केही बताउनुभयो । अहिलेसम्म संक्रमितबाट अन्य व्यक्तिमा सरेको नपाईएको र यही अवस्था कायम राख्न सके ठुलो सफलता हुने उहाँको भनाई छ । पाँचौँ संक्रमितसँग सम्पर्कमा आएका २१ जना व्यक्तिको जाँचको रिपोर्टपछि जिल्लामा संक्रमणको स्थितिबारे थप केही भन्न सकिने उहाँले बताउनुभयो । अस्पतालमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी नआएको र यसले समुदायमा फैलिएको छैन भन्ने देखाएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा संक्रमणको जोखिम विश्लेषण गरी रोकथाम र नियन्त्रणको योजना बनाइएको समेत बताउनुभयो । संक्रमण फैलिएर बिरामी बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी अस्पतालमा सुविधा थपदेखि जनशक्ति व्यवस्थापनको कामलाई चुस्त बनाइएको छ । अहिले चार वटा मात्रै रहेको आइसोलेशन बेडलाई थपेर आठ पु¥याउन लागिएको छ । सघन उपचार कक्ष निर्माणको काम अघि बढेको छ । भेन्टिलेटरलगायतका अत्यावश्वक स्वास्थ्य उपकरण र सामग्रीको जोहो गरिएको छ । अस्पतालको आइसोलेशन कक्षमा अहिले जिल्लाका दुवै संक्रमित उपचाररत रहेका छन् ।

“दुवै बिरामीको अवस्था सामान्य नै छ, छैटौँ संक्रमित महिलालाई पुरानै उच्च रक्तचाप र दमको औषधि दिइरहेका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने । उनका अनुसार दुवै संक्रमितमा कोरोना भाइरसको थप जाँचका लागि स्वाब पोखरा पठाइएको छ । यसअघि युवतीको तेस्रो र महिलाको दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामी घर फर्कन पाउनेछन् । काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक चिकित्सक सागर राजभण्डारीले संक्रमित व्यक्तिबाट परिवार र छिमेकमा रोग नसरेकामा सुखद् मान्नुपर्ने बताए ।

उनले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ठूलो भएकाले उच्च सतर्कता र निगरानी बढाउनुपर्ने उल्लेख गरे । निर्देशक राजभण्डारीले आरडिटी गर्दा कसैमा पोजेटिभ देखिएमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका सबैमा ‘पिसिआर’ विधिबाट जाँच गर्नुपर्ने बताए । जिल्लाको काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलामा दु्रत जाँच ९आरडिटी० गर्दा कोरोना भाइरसको ‘एन्टीबडी’ पोजेटिभ देखिएको थियो । ‘पिसिआर’ विधिबाट पुनः जाँच्दा भने उनमा कोरोना भाइरस नभएको पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख गुरौले पनि ‘आरडिटी’ पोजेटिभ देखिएको ठाउँमा निगरानी बढाइएको बताए ।

भारतबाट आएको पनि महिना दिन हुन लाग्यो, कोरोनाको कुनै लक्षण उनल भने परिवारका सदस्यमा पनि जाँच गर्दा देखिएन, लकडाउनमा घरमै बसेकाले उनबाट अरुमा सरेको छैन भन्ने आधार छ । प्रमुख गुरौले ‘आरडिटी’ जाँचमा नेगेटिभ रिपोर्ट आए पनि सबैलाई २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्न लगाइएको बताए । सरकारले दुईजना संक्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणको दायरालाई थप बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जारी परीक्षणका बीच पनि समुदायमा सङ्क्रण फैलने जोखिमबाट भने बागलुङ मुक्त छैन ।

जिल्लामा भेटिएका दुवै संक्रमणका घटना आयातित भएकाले विदेशबाट आएका सबैलाई निगरानीमा राखिएको छ । चैत महिना लागे यता करिब ८०० भन्दा बढी विदेशबाट जिल्ला भित्रिएको तथ्याङ्क छ । स्थानीय तहले विदेशबाट आएकाको लगत राख्ने र क्वारेन्टाइनको प्रबन्ध मिलाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित