रुकुम पश्चिमका दुई जनामा कोरोना सक्रंमण पुष्टी

रुकुम पश्चिमका दुई जनामा कोरोना सक्रंमण पुष्टी

Badigad Online
1 Min Read

वैशाख ४ धनगढी । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो ।

संघीय सरकारले मेसिन पठाएपछि हालै धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो । कर्णाली प्रदेशको सुर्खेतबाट ल्याइएका ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका उनीहरु दुबै जना रुकुम पश्चिमका हुन् ।दुबै जना भारतबाट आएका हुन् ।

धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि उनीहरुको थ्रोट स्वाब पुनः परीक्षणका लागि काठमाडौँ पठाइएको प्रादेशिक अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए । रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित