बागलुङकी कोरोना संक्रमित ६४ वर्षीया महिलाको तेस्रो नतिजा नेगेटिभ

बागलुङकी कोरोना संक्रमित ६४ वर्षीया महिलाको तेस्रो नतिजा नेगेटिभ

Badigad Online
1 Min Read

वैशाख, ४ बाग्लुङ । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुन : परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो । यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो । डा. पोखरेलका अनुसार आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ । संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आउनुपर्ने र अनि मात्र विरामीलाई डिस्चार्ज गर्न सकिने उहाँले बताउनुभयो ।

अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ । उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए । उनीहरू दुबै नातेदार पनि हुन् । युवतीमा पहिले कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी महिलामा पनि पछि संक्रमण देखिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित