निस्ती बडिगाड केन्द्रको स्पष्टोक्ति : यात्रु बोकेको हल्ला भ्रम हो

निस्ती बडिगाड केन्द्रको स्पष्टोक्ति : यात्रु बोकेको हल्ला भ्रम हो

Badigad Online
2 Min Read

सागर भण्डारी,वैशाख ४ गुल्मी । ऐम्बुलेन्समा यात्रु बोकेको भन्ने हल्ला भ्रामक भएको निस्ती बडिगाड सामुदायिक विकास केन्द्र मुसिकोटले जनाएको छ । केन्द्रले एक प्रेस बिज्ञप्ती जारी गर्दै गत बैशाख २ गते उक्त संस्थाले सन्चालन गरेको एम्बुलेन्सले आठ जना यात्रु बोकेको र पाल्पा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको भन्ने खबर विभिन्न सन्चार माध्यममा आएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बागलुङ्ग जिल्लाको बडिगाढ गाउँपालिकाबाट गर्भवती महिलालाई लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा लगेको र फर्किने क्रममा अस्पताल बाहिर गुल्मी र बागलुङ्ग जाने डिस्चार्ज भएर अलपत्र अवस्थामा बसेका बिरामीहरुले एम्बुलेन्सबाट घर फिर्ता हुन खोजेको बताईएको छ । तर स्थानिय प्रहरीको आग्रहमा पछि गुल्मीका बिरामिहरुलाई पाल्पामानै छाडेको र अन्य बागलुङ्ग तर्फका बिरामिहरुलाई प्रहरी कै अनुमतीमा एम्बुलेन्स मार्फत ल्याएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तीमा सामाजिक सन्जाल तथा अनलाईन मिडियाहरुमा एम्बुलेन्सले साधारण यात्रु बोकेको भन्दै आएका समाचारहरु पुर्ण रुपले निराधार रहेको भन्दै मानविय सेवाको नाताले अस्पत्तालबाट बिरामिहरु आउने प्रयत्न गर्नु स्वाभाविक नै भएको बताईएको छ ।समस्यामा परेका बिरामिहरुलाई प्रशासनको अनुमती अनुरुप ल्याईएको संस्थाले जनाएको छ । गुल्मी धुर्कोट गाउँपालिकाका जाने ति महिला सहितका यात्रुहरु भने गुल्मी आउन पाएनन ।

यसैबिच संस्थाका अधक्ष्य मोहन घिमिरेले लक डाउनको कारण सृजना भएको समस्यालाई मध्यनजर गर्दै अस्पत्तालबाट फिर्ता भएका तर प्रयाप्त कागजाज र प्रमाण बिनाका यात्रुहरुलाई नबोक्न एम्बुलेन्सका कर्मचारीहरुलाई निर्देशन दिइ सकेको समेत बताउनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित