लकडाउनको समयमा जनप्रतिनिधिबीच कुटाकुट

लकडाउनको समयमा जनप्रतिनिधिबीच कुटाकुट

Badigad Online
2 Min Read

वैशाख ४ स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । बुधबार साँझ करिब ८ बजे गल्याङ ८ स्थित ग्रिन भिलेज कटेजमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएको घटना सार्वजनिक भएको हो ।

कुटाकुटा हुँदा वडा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । उनलाई बिहीबार बिहान नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेका हुन् । अध्यक्ष गैरैलाई सम्पर्क गर्दा उपचारमा रहेकाले सम्पर्क हुन भने सकेन । उनको फोन पराजुलीले उठाएका थिए ।

यता जिल्ला समन्वय उप–प्रमुख दिलीपकुमार बगालेले भने कुटाकुट घटनामा आफ्नो संलग्न नरहेको प्रतिक्रिया दिएका छन् । सामान्य भनाभन भएको भन्दै उनले कसले कुटपिट गर्यो भन्ने आफुलाई थाहा नभएको र आफूसँगै रहेका केही साथीहरुले घटना घटाएको हुनसक्ने आशकां व्यक्त गरे । घटनाका प्रत्यक्षदर्शी धनबहादुर मल्लले कुटपिटमा समन्वय उप–प्रमुखको संलग्न रहेको बताए । उनले घटना घटेको समयमा व्यवसायीद्वय नमलाल डुम्रे र अर्जुन खनाल पनि सँगै रहेको बताए । उनले अनुसार कुटपिटमा बगाले र डुम्रेको संलग्नता रहेको बताए ।

घटनामा संलग्नहरुलाई कार्वाहीका लागि वडा प्रहरी कार्यालयमा उजुरी परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरेले बताए । घटनामा संलग्न भनिएका उप–प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वा्चित जनप्रतिनिधि हुन् । तत्कालीन अवस्थामा उनीहरु नेकपा (एमाले) का तर्फबाट उम्मेदवार थिए ।

वडा सदस्यमा निर्वाचित बगाले पछि जिल्ला समन्वय उप–प्रमुखमा निर्वा्चित भएका हुन् । कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका बगाले त्यहाँ गैरे किन त्यहाँ पुगेको भन्ने बारे अहिले सम्म खुलेको छैन । तर बगालेलाई गैरेले सरकारी गाडी दुरुपयोगको आरोप लगाएपछि विवाद उत्कर्षमा पुगी कुटाकुटको अवस्था निम्तिएको बताइएको छ । रातोपाटीबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित