यस वर्षको उल्का वर्षा आज रातिदेखि सक्रिय हुने

यस वर्षको उल्का वर्षा आज रातिदेखि सक्रिय हुने

Badigad Online
2 Min Read

बैशाख ४, काठमाण्डौ । यो वर्षको पहिलो उल्कावर्षा ’वीणा उल्कबर्षा’ आज रातिबाट सक्रिय हुँदैछ । यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले जनाएको छ ।

यसअवधिमा हरेक उल्का एक समय अत्यधिक सक्रिय हुन्छन् । यस्ता उल्कावर्षाहरु बिस्तारै देखिँदै मध्यसमयतिर अत्यधिक सक्रिय हुन्छन् । अनि बिस्तारै सक्रियता घट्दै जाने नासोले जनाएको छ । हालसम्मको अवलोकन तथा अनुसन्धानबाट यो वर्ष वीणा उल्का वर्षाको अत्यधिक गतिविधि नेपाली समयानुसार वैशाख ९ र १० गते राति दृश्यावलोकन गर्न सकिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

वैशाख ९ र १० गते राति साढे १० बजेपछि बिहान सुर्योदय अघिसम्म उल्काबर्षा देख्न सकिनेछ । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भाई जलेर नस्ट हुदा यो उल्का बर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

नासोले जनाएअनुसार पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् , जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलोका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । परिक्रमा गर्ने क्रममा ती धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिँदा उल्का देखिने नासोका अध्यक्ष भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार यदि यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । (थाहाखबरबाट)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित