रोजगारीका लागि भारत गएका गुल्मीका बालक सम्पर्कविहिन

रोजगारीका लागि भारत गएका गुल्मीका बालक सम्पर्कविहिन

Badigad Online
1 Min Read

हुमाकान्त पोखरेल गुल्मी, ०५ वैशाख । रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार भारतको हरियाणा प्रान्तको फरिदाबाद सेक्टर नम्बर १८ बाट हराएको छिमेकी प्रसान्त खनालले जानकारी दिनुभयो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि उनी रोजगारीका लागि दुई महिनाअघि छिमेकीसँग भारत गएका थिए । अर्घाखाँची जिल्लाको खन दहका एकजना आफन्तसँग फरिदाबादमा बस्दै आएका परियार चैत २८ गतेदेखि सम्पर्कविहिन भएको परिवारले जनाएको छ । छोरा हराएपछि खोजि गरी सहयोग गरिदिन परिवारले भारतमा रहनुहुने सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

कसैले फेला पारेमा भारतको लागि प्रसान्तको नम्बर ९७७५९२४७२३ अथवा नेपालको लागि बुबा जिवलाल परियारको नम्बर ९८६३१७४७२४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित