सागर भण्डारी, गुल्मी, वैशाख ४ । कोरोना भाईरसबाट बच्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न काठमाडौंबासी हुँगेलीहरुले सहयोगका लागि अभियान थालेका छन् ।
हुँगेली समाज काठमाण्डौले लकडाउनका कारण खाद्यान्न अभावले भोकै बस्नुपर्ने र औषधी उपचार गर्न समस्या परेकाहरुलाई सहयोग गर्न अभियान सञ्चालन गरेको हो । स्वत : स्फूर्त रुपमा मानवीय सेवाका लागि गठन भएको अभियानका सदस्यहरुले स्वेच्छिक रुपमा सहयोग संकलन गर्ने र हुँगाबाट काठमाडौंमा आएर बसेकाहरुलाई लकडाउनको कारण रोजीरोटी नहुँदा खाद्यान्न समस्या भई भोकै बस्नुपर्ने अवस्था आएका र उपचारमा जान समस्या भएकाहरुलाई सहयोग गरिने संस्थाका महासचिव माधव न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार हुँगाबासीलाई समस्याको बेला सहयोग गर्न चाहनेहरु अभियानमा जोडिन सक्ने र समस्या परेकाहरुले अभियानका सदस्यहरुलाई जानकारी गराएपछि सहयोग उपलब्ध गराइने छ । गुल्मी हुँगाबाट काठमाडौ आई आफ्नो रोजीरोटी चलाएर बस्ने हुँगेली बुवा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरु बिश्वब्यापी रुपमा फैलिएको महामारीका कारण लकडाउनमा परी साझ बिहान चुलो निभ्ने अबस्था भएमा वा बिरामी भएर आर्थिक अभावको कारण औषधी उपचार बाट समेत बन्चित हुने अबस्था सृजना भएमा राहात एवं सहयोगका लागि संस्थाका विभिन्न व्यक्तिलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
त्यस्तै काठमाण्डौमा रहेका कोही हुँगेली अस्पतालसम्म जान नपाएर समस्यामा परेर वा डेरा गरेर बस्ने विद्यार्थीहरु र अन्य होटल व्यवसाय वा अन्य रोजगारीमा कार्यरत व्यक्तिहरु समस्यामा परेको भए सम्पर्क गर्न प्रकाश भण्डारीले पनि अनुरोध गर्नुभएको छ । कोरोनाको महामारी बढेसगैं नेपाल सरकारले जारी गरेको लकडाउनका कारण विशेष गरी डेरा गरेर बस्ने विद्यार्थीहरु बढी प्रभावित बनेको भन्दै उहाँले केही समस्या भए सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।
सहयोगका लागि
बिष्णु भण्डारी ९८५१०९६१५३, माधव न्यौपाने ९८५१२३९५९९, हुमराजन भण्डारी ९८४१०७०३४३, देवि न्यौपाने ९८५१०७१६०३, हरिहर भण्डारी ९८५११८०५२१, शिवलाल पौड्याल ९८५१००२८६४, रामप्रसाद भण्डारी ९८५११३६८९९