वैशाख, ६ गुल्मी – बिहिबार गुल्मीमा मृ*त भेटिएको एक युवतीको घ*टना रहस्यमय बन्दै गएको छ । गुल्मीको मदाने गाउँपालिका ४ म्यालपोखरीकी २३ वर्षीया मिना कुँवर बुधबार घरबाट दाउरा खोज्न निस्केकी थिईन भने बिहिबार आफ्नै वडा म्यालपोखरीको स्थानीय भिरमा मृ*त फेला फरेकी थिईन ।
प्रेमी प*क्राउ
युवती आ*त्मह*त्या प्रकरण रहस्यमय बन्दै गैइरहेको छ भने ह*त्या आशंकामा उनका प्रेमी प*क्राउ परेका छन् । मृ*तक कुँवरका आफन्तजनले दिएको किटानीका आधारमा प्रेमीलाई प*क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले उनका प्रेमी भनिने सोहि ठाउँका २२ वर्षीय अनिल कुँवरलाई प*क्राउ गरि अनु*सन्ध*न अघि बढाएको छ ।
यस्तो थियो उनिहरुको प्रेम सम्बन्ध
उनका प्रेमी भनिने अनिल कुँवर वैदेशिक रोजगारको शिलशिलामा दुबइमा थिए । उनी दुबइमा हुँदा नै प्रेम सम्बन्ध रहेको उनकी दिदी बिजुला खत्रीले बताईन् । केही समय अघि उनी नेपाल आएको र उनकी बहिनी अर्थात् अनिलकी प्रेमिका मिना कुँवर उनलाई लिन काठमाडौँ गएको कुरा खुल्न आएको छ । त्यसैगरी उनिहरु काठमाडौँबाट केटाको दिदिको घर नवलपरासीमा आएर बसेको र बुटवल हुँदै घर गुल्मी आएको कुरा बुझिएको छ ।
गुल्मी आएपछि पनि उनिहरुको प्रेम सम्बन्ध यथावत् रहेको कुरा दिदी खत्रीले उल्लेख गरिन् । मृ*तक कुँवरका दाइ पर्ने एक युवकले उनीहरुको बिहे हुने कुरा सुनियो र यो कुरा केटाकेटीका घरपरिवार दुबैले थाहा पाएको बताए । एक आपसमा मोबाईल साटासाट गर्ने र फोन निरन्तर हुने कुरा उनकी दिदिले उल्लेख गरिन् । यस घ*टना थप बुझन खोज्दा वडा नम्बर ४ का वडा अध्यक्ष भिम प्रसाद भट्टराई बोल्न खोजेनन् ।
दिदिभाई हुदा बिहे असम्भव
प्रेमीप्रेमिका दिदिभाइ हुन् । हिन्दु परम्परा अनुसार एउटै गोत्र र दाजुभाईमा बिहे गर्न हुदैन भन्ने प्रचलन छ । एउटै गोत्र अर्थात दाजुभाईमा प्रेम सम्बन्ध बसेको घर परिवारले थाहा पाए पछि दुबै घरपरिवारले अस्वीकार गर्न खोजेको बताईएको छ । यता मृ*तक मिना कुँवरकी दिदी बिजुका खत्रीलाई उनकी माईतकी आमाले प्रेम सम्बन्ध रहेको कुरा जानकारी गराईन् । आँफुले अब उनिहरुको सम्बन्ध छ भने उनिहरुको खुसीमा खुसी हुन आँफुले आमालाई सम्झाएको कुरा बताईन् । यस विषयमा चैत २८ गते पनि बहस चलेको उनले बताइन् ।
वैशाख ३ गते अर्थात् बुधबार मिना कुँवर स्थानीय जङ्गलमा दाउरा खोज्न गएकी थिईन । सोही ठाउँमा अरु युवासँगै उनका प्रेमी अनिल पनि गएको बुझिएको छ । अरु छिट्टै घर फर्किएको र उनिहरु अबेरसम्म त्यही बसेको स्थानीयले बताएका छन् । राती अबेरसम्म घर नर्फ्किएपछि परिवारले फोन गर्दा ती युवाले उठाएको र मलाई त थाहा छैन भन्ने जवाफ दिएको बताईएको छ ।
घरमा बुढा बुवाआमा मात्र हुँदा कतै दिदिकोमा गई होलि भन्ने ठानेर बसेको उनकि दिदिले बताईन । फेरि दिदीसँग फोन सम्पर्क हुँदा तपाईकी बहिनी त जिउदो छैन होला भन्ने जवाफ ती युवाले दिएको दिदी खत्रीले बताईन । यसरी घ*टना रहस्यमय बनेको र आँफुहरुले न्याय को लागि कि*टानी जायरी दिएको खत्रीले बताईन ।
सल्लेरी खबरमा डिबि खड्काले लेखेका छन् ।