स्याङ्जामा अलपत्र बुर्तिबाङ माईती भएकी मुसिकोटकी विरामी महिलाको उद्धार

स्याङ्जामा अलपत्र बुर्तिबाङ माईती भएकी मुसिकोटकी विरामी महिलाको उद्धार

Badigad Online
3 Min Read

सागर भण्डारी/ विष्णु प्रसाद आचार्य, गुल्मी वैशाख ६ । स्याङ्जामा अलपत्र परेकी मुसिकोटकी एक विरामी महिलाको मुसिकोट नगरपालिकाले उद्धार गरेको छ । नगरपालिकाको वडा नं ७ सेरा स्थायी घर भएकी उर्मिला पौड्याल रानाको स्याङ्जाको आर्यभञ्ज्याङबाट उद्धार गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

सेरा स्थायी घर भई हाल स्याङ्जामा दैनिक ज्याला मजदुरी गर्दै आएकी महिलासगैं उनका १४ वर्षीय छोरा झवी रानाको नगरपालिकाले उद्धार गरेको हो । उनी स्याङ्जामा अलपत्र परेको र विरामी अवस्थामा त्यहाँ स्थित बगनासकाली गाउँपालिकाले ऐम्बुलेन्स मार्फत उद्धार गरी साधारण चेकजाँच पछि मिसन अस्पताल पाल्पा पठाएको भन्ने खबर आफुले सामाजिक सञ्जाल मार्फत थाहा पाए लगत्तै त्यहाँ सम्पर्क गरी नगरपालिकाले उनको उपचार खर्च बहोर्ने गरी व्यवस्था मिलाएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । उनलाई कलेजो, जन्डिस, पेट सुन्निने लगायतका स्वास्थ्य समस्या देखा परेको र अस्पतालमा उपचार पश्चात स्वास्थ्य अवस्था सुधार भएको भन्ने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

कसरी पुगे उनीहरु त्यहाँ

उर्मिलाको माईती घर ढोरपाटन नगरपालिका १ बुर्तिबाङ रहेको खुल्न आएको मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । वामीको सेराका कर्ण बहादुर रानासगं उनले केही वर्ष अगाडी भागी विहे गरेका थिए । बिहे पछाडी ईण्डीयामा बस्दै आएका उनीहरुको छोरा जन्मिएपछि जन्मगाउँ गुल्मीको मुसिकोट फर्किए ।

मुसिकोट बस्दा बस्दै छोरा जन्मिएपश्चात बुढाबुढीबीच राम्रो सम्बन्ध नभएपछि उनी माईतीमा बस्दै आएको बुझिएको वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । उनीहरु आमा छोरा नै बुर्तिबाङबाटै केही समय अगाडी ज्यालामजदुरीका लागि स्याङ्जा गएको र त्यही ज्यालामजदुरी गरी आफ्नो जिविकोपार्जन गर्दै आएको प्रारम्भिक चरणको जानकारी प्राप्त भएको उहाँको भनाई छ ।

उनीहरु त्यहाँ मजदुरी गर्ने क्रममा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनबाट प्रभावित बने र मजदुरी गर्ने बाटो बन्द भयो । त्यहाँबाट पनि उनीहरु पोखरा जान भनी हिँड्दै गर्दा उर्मिला बाटोमै विरामी परिन् । विरामी परेकी उनलाई त्यहाँको पालिकाले थाहा पाएपछि उद्धार गरेको उनका छोराले फोनमा बताएको वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पाउनासाथ नगरपालिका भित्र खोज्ने क्रममा उनको घरको पहिचान भएको र उनको श्रीमानसगं पनि कुराकानी भएको तथा उनलाई वडाकार्यालयमा सोधपुछका लागि बोलाईएको उहाँले बताउनुभयो । वास्तविक कुरा के हो भन्ने बारेमा भने उनका श्रीमानसगंको सोधपुछ पछि मात्रै थाहा हुने र परिवारको जिम्मा लगाउने उहाँले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित