वैशाख ६ धरान । धरान उपमहानगरका सुचना अधिकारिलाई अत्यधिक मादक पदार्थ पिएर लडेको अवस्थामा भेटेपछि वडा प्रहरी कार्यालयले रातभर राखेको छ । धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई रातभर पुलिस हिरासतमा राखिएको हो ।
अधिकृत खतिवडा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि अत्यधिक मादक पदार्थ पिएर लडेको अवस्थामा भेटिएपछि वडा प्रहरी कार्यालयको टोलीले निकालेको थियो । प्रहरी स्रोतका अनुसार खतिवडा मान्छे चिन्न सक्ने अवस्थामा थिएनन् । गस्तीमा रहेको सिआरभीको टोलीले भेटेर घर र्पुयाउन खोज्दा उल्टो दुव्र्यवहार गरेपछि उनलाई वडा प्रहरी कार्यालय लगिएको थियो । राति करिब साढे ९ बजेतिर खतिवडा अत्यधिक मादक पदार्थ पिएर सरकारी मोटरसाइलमा भानुचौकबाट घरतिर आउँदै थिए ।
खबर मार्केटमा खबर छ
Badigad Online