बडीगाड अनलाईन,वैशाख ६ बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकामा खाद्यान्न सामाग्री लिन हिँडेको गाडी माथी ढुगां प्रहार भएको छ । गाउँपालिकाको वडा नं १ दगा देखि खर्बाङतर्फ खाद्यान्न सामाग्री लिन आएको पीकअप जीप माथी स्थानीय एक युवाले ढुगां प्रहार गरेका हुन् ।
गाउँपालिकाको सिफारिस बनाएर खाद्यान्न ढुवानी गरिरहेको लु २ च ४७५ नं को पीकअप जीप माथी स्थानीय सुनिल थापाले रोकेर ढुगां प्रहार गरेको प्रहरीले जनाएको छ । बिहान ८ बजेको समयमा दगाबाट सामान लिन झर्दै गर्ने क्रममा थापाले गाउँमा पहिल्ये नै खाद्यान्न ढुवानी भईसकेको र सहकारीले ल्याएको सामाग्री गाउँमै रहेकोे भन्दै अन्य खाद्यान्न सामाग्री ढुवानी गर्न आवश्यक नरहेको र यसले जोखिम निम्ताउने भन्दै ढुगां प्रहार गरेको बुझ्नमा आएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ ।
ढुगां प्रहारबाट जीपको अगाडी पट्टीको सिसा फुटेको छ । लकडाउनका समयमा खाद्यान्न ढुवानीका लागि प्रयोग गरिएको जीप माथि जानीजानी या अज्ञानताबस किन ढुगां प्रहार गरे भन्ने बारेमा भने अहिले वडा कार्यालयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । गाडीलाई खर्बाङ प्रहरी चौकीमा ल्याउने तैयारी भईरहेको र घटनाबारे अनुसन्धान थालिएको उहाँको भनाई छ । बडिगाड गाउँपालिका वडा नं. १ र २ का सहकारीहरुले वडा भित्र खाद्य संकट हुन नदिने भन्दै सुपथ मुल्यमा खाद्य सामाग्रि विक्रि वितरण सुरु गरेको जनाएका छन् ।