बागलुङकी ६५ वर्षीय महिलाले पनि जितिन कोरोना भोलि डिस्चार्ज हुने
बागलुङ, ६ बैशाख । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ । उनी नेपालकै छैटौं कोरोना संक्रमित महिला हुन् ।
बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने बिषयमा भने छलफल चलिरहेको छ । धौलागिरी अञ्चल अस्पताल स्रोतका अनुसार, आईतबार दिउँसो सम्ममा उनी घर जान पाउने छिन् । कोरोनाको संक्रमण निको भएको भएपनि उनले केही दिन होम क्वारेन्टाईनमा भने बस्नुपर्ने छ । उनी कोरोनालाई जितेर निको भएकी छन् ।
ढोरपाटन न्यूजमा समाचार छ ।