लकडाउन संकट टार्न मुसिकोटले बनायो खाद्य बचत घर

लकडाउन संकट टार्न मुसिकोटले बनायो खाद्य बचत घर

Badigad Online
2 Min Read

गुल्मी वैशाख ६ । गुल्मीको मुसिकोट नगरपालिकाले लकडाउनका कारण दैनिक मजदुरी गरेर विहान बेलुकाको चुलो चलाउने गरिव मजदुरहरुको जिविका सहज बनाउने उद्देश्यले गाउँमै उत्पादित खाद्यान्न संकलन गरी बचत घर स्थापना गर्ने निर्णय गरेको छ ।

‘मधेशको चामल खरिद गरी राहत वितरण गर्नु भन्दा गाउँको कोदो मकै र धान गहुँ भएकाहरुबाट संकलन गरी बचत घरमा राख्ने र खाद्यान्न अभाव भएका परिवारलाई राहत वितरण गर्ने उद्देश्यका साथ बचत घरको अवधारणा ल्याइएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।मुसीकोट नगरपालिका प्रशस्त खेत, बारी भएका सम्पन्न परिवार र त्यो भन्दा पनि ठुलो मनकारीहरु धेरै रहेको भन्दै नगरप्रमुख सापकोटाले स्फुर्त रुपमा बचत घरलाई अन्न दान गर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

त्यस्तै नगरपालिका स्वयमले पनि ब्यवस्था गर्ने उहाँको भनाई छ । पिता पुर्खाहरुले पञ्चायतकालसम्म टोल टोलमा बचत घर स्थापना गर्ने गरेको स्मरण गर्दै मेयर सापकोटाले यस्तै संकट टार्न उति बेलाका समाजसेवीहरुले ल्याएको बचत घरको अवधारण अहिले पनि वैज्ञानिक र व्यवहारिक भएको धारणा व्यक्त गर्नुभयो । नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिप्रसाद छन्त्यालले शुक्रबार नगरपालिकाले महत्वपूर्ण मात्र नभई ऐतिहासिक निर्णय गरेको बताउनुभयो ।

हाललाई नगरपालिकास्तरमा बचत घर स्थापना गर्ने र पछि सम्भाब्यताको आधारमा वडास्तरमा पनि गर्न सकिने र दाल तरकारी लगायतका अन्य खाद्यवस्तुको पनि बचत घरमा संकलन गर्न सकिने त्यस नगरपालिकाले उद्देश्य लिएको छ ।

रातोपाटीले समाचार लेखेको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित