बडीगाड अनलाईन , बैशाख ६ । विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९ ) रोकथामका लागि नेपाल सरकारले जारी गरेका नियमहरुलाई पछ्याउँदै बागलुङको बडिगाड गाउँपालिका वडा.न.७ ले वडाभित्र रहेका अतिविपन्न दैनिक ज्यालादरी गरी जिविको पार्जन गरिरहेका वर्गलाई राहत उपलब्भ गराई रहेको छ ।
वडामा राहात कोषको स्थापना गरि दैनिक ज्यालादारी र मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने श्रमीक र असाहय र अशक्तहरुलाई राहात उपलब्ध गराएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । नेपाल सरकारले घाषणा गरेको लकडाउनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि वडा कार्यालय मार्फत विभिन्न प्रयासहरु भएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
जसमध्ये नेपालको विभिन्न ठाउँ तथा बिदेशबाट आउने महानुभावहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था वडा कार्यालयले गरेको छ । यो भन्दा पहिला २ जनालाई क्वारेन्टाइनमा राखि आरटिडी गरि घर पठाईएको र अहिले फेरि पुन भारतबाट आउनुभएका दुई युवालाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
क्वारेन्टाइनमा रहेका दुई युवाहरु बडिगाड गाउँपालिका वडा.न.७ साबिक भिमगिठे गा.वि.स.वडा.न.४ गैरागाँउ निवासी रहेका छन । सुशील खत्री बर्ष १७ को र बिवेक खत्री बर्ष १९ का रहेका छन । उनिहरु रोजगारिको सिलसिफामा भारतको पुना भन्ने ठाउँमा रहेको र भारतमा कोरोना भाईरसको व्यापक प्रकोप बढ्दै गय पश्चात् घर हिडेको तर बुटवल आईपुग्दा नेपाल सरकारबाट लकडाउन घोषणा भएकोले हालसम्म बुटवल आफन्तकोमा बसेको तर लकडाउन लामो समय सम्म नखुल्ने अबस्था भए पश्चात बुटवल बाट पैदल हिडि ४ दिनमा यहाँ आईपुगेको युवकहरुले बताएको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
क्वारेन्टाइनमा रहेका दुई युवकलाई खान बस्न पुर्ण रुपमा वडा कार्यालयले गरेको छ । अध्यक्ष गुरुङका अनुसार उनिहरुको अहिलेको अबस्था सामान्य रहेको र भिमगिठे स्वास्थ्य चौकी प्रमुख बिपेन्द्र के.सी. ले समेत सामान्य परिक्षण गरि अबस्था सामान्य रहेको जानकारी गराउनुभएको अध्यक्ष गुरुङले बताउनुभयो । ती युवकलाई क्वारेन्टाइनमा राखे पश्चात वडा कार्यालय मार्फत गाउँपालिका तथा सम्वन्धित ठाउँहरुमा समेत जानकारी बनाएको बताउनुभएको छ ।
तपाईंको वडामा मजदुरहरुको अवस्था के छ ? भन्ने बडीगाड अनलाईनले राखेको प्रश्नमा अध्यक्ष गुरुङले आफ्नो वडा भित्र रहेका मजदुर तथा असहायहरुको विषयमा जिम्मेवार रहेको बताउँदै आफ्नो वडाको केही भाग मध्यपहाडि लाकमार्ग संग जाडिएको र विभिन्न ठाउँमा अलपत्र परि पैदलको साहारामा घर हिँडेका मजदुरहरुलाई देख्दा अत्यन्तै आफुलाई पनि पीडा भएको बताउनुभयो ।
शुक्रवार मात्रै सल्यान जिल्लाका ९ जना श्रमीकहरु बाँस नपाएर अलपत्र परिरहेको अबस्थामा आफुले फेला पारे पश्चात् बडिगाड गाउँपालिका वडा.न.७ का समाजसेवी युवा अदमकान्त खरेलको घरमा उनीहरुलाई बस्ने व्यवस्था मिलाई आज बिहान अध्यक्ष गुरुङले निजहरुलाई एकएक वटा माक्स उपलब्ध बनाई खाजा खुवाई साथै बाटा खर्च समेत दिएर सम्बन्धित मजदुरहरुको जनप्रतिनिधि संग समेत समन्वय गरि निजहरुलाई पठाईएको बताउनुभयो । बडीगाड अनलाईनसगंको कुराकानीमा अध्यक्ष गुरुङले लकडाउनलाई पुर्ण रुपमा पालना गर्न गराउन समेत सबैमा विशेष अनुरोध समेत गर्नुभएको छ ।