युवा व्यवसायी अर्यालद्धारा खर्बाङमा अलपत्र सल्यानका मजदुरको उद्धार

युवा व्यवसायी अर्यालद्धारा खर्बाङमा अलपत्र सल्यानका मजदुरको उद्धार

Badigad Online
1 Min Read

कमल पौडेल,०६ बैसाख/ वामीटक्सार, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटि अध्यक्ष समेत रहेका युवा व्यवसायी खगिश्वर अर्याल (विष्णु) ले म्याग्दी देखि सल्यान जान हिँडेका मजदुरहरुलाई खर्वाङबाट उद्धार गरि आफ्नै ट्याक्टरमा राखि बुर्तिवाङ सम्म पुर्याउनुभएको छ ।

गाउँपालिका संग समन्वय गरि निशुल्क रुपमा ११ जना मजदुरहरुलाई बुर्तिवाङ पुर्याइछोडेको उहाँले जानकारी दिनुभएको छ । दिउसोको टन्टलापुर घाममा हिँड्दै आएको देखेपछि गाउँपालिका अध्यक्षलाई फोन गरें उहाँले हुन्छ पठाऔं भन्नुभयो गाडि विचमा नरोकिने भएपछि मैले पठाएँ, अर्यालले भन्नुभयो ।

याग्दी, पर्वत, स्यांजा र बागलुङका विभिन्न स्थानका विभिन्न योजनामा काम गरिरहेका मजदुरहरु गन्तव्यमा पुग्न पैदल हिँड्दै गरेको देख्न सकिन्छ । यसै विच वडिगाड गाउँपालिकामा भेटिने मजदुरहरुलाई भेटेसम्म गाडिको व्यवस्था गरेर सिमाना सम्म पुर्याइरहेको बडिगाड गाउँपालिकाले जनाएको छ ।लकडाउन लम्बिँएसगैं मजदुरहरु अलपत्र परेर पैदल हिँडेरै भएपनि घर जान थालेका छन् ।

निर्माणको काम रोकिएसगैं ठेकेदारले पनि वेवास्ता गर्ने गरेको र खानबस्न समेत समस्या हुन थालेपछि उनीहरु लामो दुरीमा हिँडेरै यात्रा गर्न थालेका छन् । यस्ता मजदुरहरुलाई अहिले स्थानीयतहले पनि उद्धारका काम अगाडी बढाएको छ । लकडाउनका कारण प्रभावित बनी बाटोमा अलपत्र परेका उनीहरुलाई उद्धार गरी सम्बन्धित स्थानीय तहसगं समन्वय गरी सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि पहल थालेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित