डी. ए .आर. मुभिज एंड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा आर को आवाज मा रहेको गीत “घरमै बसौ न“ बजार मा लिएर आएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बँच्न अपनाउनुपर्ने उपाय सहितका सामाग्री यस गीतमा समेटिएको छ ।
गीतमा कोरोना भाईरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लक डाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश दिईएको छ । गीत को शब्द संगीत प्रभावन जे को रहेको छ भने बाल गायिका आभा आर लाई प्रभावन जे ले स्वर मा साथ दिएका छन् । भिडियोमा गोविन्दराम दाहाल, इश्वोरी उपाध्याय,श्रीराम दाहाल, याषा कोइराला,रमा दाहाल,आभा आर,दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन कृष्ण गौतम ले गरेका छन् । डी. ए. आर. मुभिज का संचालक सदस्य राजाराम गौतम का अनुसार अरु कोहि साना नानीहरुले पनि यो गित मा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरु को भिडियोलाइ कम्पनिको औपचारिक पेज र च्यानल मा राखी प्रबर्द्धन गर्ने जानकारी दिएका छन् । लामो समय देखि गित संगीत मा लागिरहेको प्रभावन जे र टिम ले सामाजिक संदेश मुलक कार्यहरु गर्दै आएको मध्ये यो एक प्रस्तुति रहेको प्रभावन जे ले जानकारी दिएका छन् ।