रोल्पा र सल्यान जान हिँडेका मजदुर वामीटक्सार आईपुगे

रोल्पा र सल्यान जान हिँडेका मजदुर वामीटक्सार आईपुगे

Badigad Online
1 Min Read

रामकृष्ण कंडेल, वैशाख ७ गुल्मी । रोल्पा र सल्याउन पुग्ने मजदुरहरु हिँडेरै मुसिकोट नगरपालिकामा आईपुगेका छन् । बागलुङको जैमिनी नगरपालिकामा निर्माणाधिन एक खानेपानी आयोजनामा काम गरिरहेका श्रमीकहरू हिडेरै भएपनि घर पुग्ने आशामा गुल्मीको वामीटक्सार आईपुगेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा बढ्न नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण आयोजनाको काम ठप्प भएपछि खान बस्न समेत अफ्ठ्यारो स्थिति आएपछि उनीहरु हिँडेको बताउँछन् । ठेकेदारले पनि काम ठप्प भएपछि वास्ता नगरेको र आफुहरुलाई त्यहाँ बस्दा दैनिक चुलो बाल्न समेत गाह्रो स्थिति आएपछि हिँडेरै कसो नपुगीएला भनेर आफुहरुले यात्रा सुरु गरेको दलबहादुर घर्तीले बताए ।

राङ्खानीबाट करिब दस घण्टा पैदल हिँडेर गल्कोट आईपुगेका उनीहरुलार्य गल्कोट नगरपालिका वडा नं २ का वडाअध्यक्ष हेमन्त भन्डारीले गाडि खोजेर मुसिकोटसम्म पुर्याएको बताईएको छ । रोल्पा पुग्ने दलबहादुर घर्ती,पुर्णबहादुर घर्ती,तिर्थ बहादुर घती,बिरू पुन,सोमराज रोका,प्रकाश रोक्का र पुर्ण सिह घर्ती रहेका छन् ।

त्यस्तै दाङको लमही नगरपालिका र रोल्पाको शुनिल स्मृति गाउँपालिका ५मा पुग्नुपर्ने पुर्णबहादुर घर्ती रहेका छन् उनीहरु मध्ये ४जना खरबाङ आईपुगेको बताईएको छ । उनिहरूलाई सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि अहिले मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा, नेपाली काँग्रेस जिल्ला सचिब विष्णु कुमारी सापकोटा, स्थानीय चुरामणी सापकोटा र मुसिकोट नगरपालिकाका कर्मचारीहरू,नेपाल प्रहरी लगायतले पहल गरिरहेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित