वैशाख ७ बाग्लुङ । बडिगाड गाउँपालिका वडा नं ७ मा जनप्रतिनिधि, राजनितिक दल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उपस्थितिमा सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठकमा सामाजिक सुरक्षा भत्ता वितरण, राहात वितरण तथा कोरोना भाइरसको विषयमा छलफल भएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
बैठकको सुरुवातमै अध्यक्ष गुरुङले वडा कार्यालयको निमन्त्रणालाई स्विकार गरि यस्तो यो विषम परिस्थितिमा पनि बैठकमा उपस्थिति भईदिएको विशेष धन्यवाद तथा आभार प्रकट गर्दै नव वर्ष २०७७ को समेत वडा कार्यालयको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । भोलि बिहान देखि यश वडामा बितरण गरिने सामाजिक सुरक्षा भत्ता बापतको रकम जम्मा रु.३०,७०,४०० (तीस लाख सत्तरी हजार चार सय) रहेको र सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ३ सय ४१ रहेको समेत अध्यक्ष गुरुङले जानकारी गराउनुभएको छ ।
पहिलो चरणको भत्ता वितरण कार्यक्रम साबिकको वडा.न.३ को जैवाने देखि बिहान ८ बजे सुभारम्भ गर्ने साथै भत्ता बुझ्न आउने व्यक्तिले नेपाली नागरिकता प्रमाणपत्र र बैंकको चेक लिएर आउन समेत उहाँले अनुरोध गर्नुभएको थियो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै लकडाउनको नियमलाई समेत पालना गरी सामाजिक दुरि कायम गर्दै बितरण गर्नका लागि वडा अध्यक्ष संगै वडा सचिव, स्वास्थ्य चौकी प्रमुख, ईलाका प्रहरि कार्यालयका प्रतिनिधि तथा आवश्यकता बमोजिम वडा अध्यक्षको निर्देशनमा शिक्षक र स्वयमसेविकालाई समेत परिचालन गरिने अध्यक्ष गुरुङले बताउनुभएको छ ।
साथै बैठकमा वडा भित्र रहेका सम्पूर्ण राजनितिक दलहरुले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए । गुरुङले वडालाई २५ वटा टोलमा विभाजन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको र भोलि टोल.न.१ जैवाने बाट सुभारम्भ गर्दै टोलटोलमा पुग्ने बताउनुभयो । तर बिरामी र अशक्तहरुको सवालमा भने घरमै पुगेर भत्ता उपलब्ध गराउने उहाँको भनाई छ ।
साथै गाउँपालिकाको समन्वयमा वडाबाट बितरण गर्न लागिएको राहातलाई ब्यवस्थित र वास्तविक पिडितको हातमा पुर्याउनका लागि वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यिय राहात वितरण समितिको समेत गठन भएको छ । जसमा वडामा क्रियाशिल सबै राजनितिक दलका १/१ जजा सदस्य, रेडक्रसबाट १ जना, प्रहरी कार्यालयबाट १ जना र सदस्य सचिवको रुपमा स्वास्थ्य चौकी प्रमुख विपेन्द्र के.सी रहनुभएको छ । त्यस्तै बैठकमा वडालाई कोरोन भाईरसबाट बचाउनका लागि लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि टोलटोलमा समन्वय समितिको समेत गठन गर्ने निर्णय भएको थियो ।
साथै सामाजिक सुरक्षा भत्ता बितरण संगै बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस सम्बन्धि समेत चेतना फैलाउँदै लकडाउनको पालना गर्न गराउन आग्रह गर्ने बताईएको छ । लकडाउनको नियम उल्लङ्घन हुन्छ होलानी सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लकडाउको नियमलाई पूर्णरूपमा पालना गरि सामााजिक दुरी कायम गरि हदैसम्म सुरक्षा अपनाई बितरण गर्ने र सामाजिक सुरक्षा भत्ता बुझ्न आउने व्यक्तिलाई पहिला सावुन पानिले हात धुन लगाई सेनिटाईजर उपलब्ध बनाई भर्पाई बनाई रकम उपलब्ध गराउने ं र आफुहरुले प्रयोग गर्ने कुर्चि,टेवल र अन्य सामाग्री समेत आफै बाकेर जाने बताउनुभयो ।







