वैशाख ७ काठमाण्डौ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदीप श्रेष्ठले गत फागुन अन्तिममा आफ्नो १ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । निक्कै हुने खाने परिवारका यी दुवैले आफ्नो विवाहमा राम्रै खर्च गरेका थिए । आँचलको पहिरन र गहना देखि हेलीकप्टरमा गरिएको सवारीले फिल्मी नगरीमा ठुलै तहल्का मच्चाएको थियो ।
तर यी दुइको विवाहसँगै उदीपका पुर्व प्रेमिकाहरुको विषयले पनि बजार तताउन शुरु गरेको थियो । यसै बीच उदीपकी पुर्व(प्रेमिका भनिएकी फिलिपिनी युवतीका तस्विरहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् । हुनत उदीपले फिलिपिनी युवतीसँग सम्बन्धमा रहेको कुरा स्वीकारिसकेका छन् । उनले ति युवतीसँग २ वर्षसम्म प्रेम सम्बन्धमा रहेको तर विवाह भने नगरेको कुरा एक अन्तरवार्तामा बताएका थिए । तर यतिबेला कहानीमा ट्विस्ट आएको छ ।
उदीपकी पुर्व प्रेमिका भनिएकी फिलिपिनी युवतीको तस्विरमा एउटा शिशु पनि देखिएको छ । जुन शिशुसंग उदीप पनि संगै छन । ति शिशु उदीप र उनको प्रेमिकाकै हो वा अन्य कसैको हो स्पष्ट भने छैन । तर जसरी उदीपले बच्चासँग तस्विर खिचाएका छन्, उदीप नै उक्त शिशुका वुवा भएको अनुमान गर्न सकिन्छ । एक फोटो फ्रेममा राखिएको तस्विरमा फिलिपिनी युवती उक्त शिशु र उदीप तीनैजना सँगै छन् र तस्विरमा मोमेन्ट्स विथ ड्याडु (बाबासँगका पलहरु) लेखिएको छ ।
तस्विर कसले सार्बजनिक गर्यो त्यो भने खुलेको छैन । सार्वजनिक तस्विरहरुका बारेमा आँचल र उदीप दुवैले अहिलेसम्म कुनै आधिकारीक स्पष्टिकरण त दिएका छैनन् । तर उदीपले उक्त शिशु आफ्नो नभई आफ्नो साथीको भएको बताएको र कतिपय तस्विरहरुमा फोटोशप गरि आफ्नो अनुहार जोडिएको बताएको विभिन्न संचारमाध्यामहरुले लेखेका छन् । यी कुरा साँच्चै उदीपले भनेका हुन् वा होइनन् र यदि भनेका नै रहेछन भने पनि उनले भनेको जस्तै फोटोशप गरिएको हो या होइन त्यो त उदीपलाई नै थाहा होला । तर सत्य लुक्दैन भनेझैँ ढिलो चाँडो वास्तविक कुरा खुल्नेछ भनि हामि आशावादी छौँ । (साभार : केन्द्रबिन्दुडटकम)