बाग्लुङ,वैशाख ८ । कोरोना सङ्क्रमित बागलुङका १९ वर्षका किशोरी पनि चाँडै निको हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चैत १५ गते कोरोना पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा रहेकी ती युवतीको स्वास्थ्य स्थिति सामान्य छ ।
उनमा रोगसम्बन्धी कुनै लक्षण नदेखिएको बताउँदै अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले उनी पनि अस्पतालबाट चाँडै घर फर्किने बताउनुभयो । बागलुङमा कोरोना सङ्क्रमणका कारण देखिएको त्रास हट्न थालेको छ । अस्पतालमा भर्ना भएका ६५ वर्षका महिला निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म जाँच भएका सबै कोरोनाको आशंका गरिएकाहरुमा नेगेटिभ नतिजा अर्थात् कोरोना नभएको पाईएपछि बागलुङमा कोरोनाको त्रास कम हुन थालेको हो ।
बाग्लुङमा कोरोना सक्रंमित २ जना मध्ये एकजना भने निको भएर घर फर्किसकेकी छिन् । ६५ वर्षीया वृद्धाले कोरोनालाई जितेर निको भएर घर फर्केकी हुन् । उनले आत्मबल र आत्मविश्वास बढाए रोगलाई जित्न सकिने प्रतिक्रिया दिएकी छिन् । यो सगैं कोरोना सक्रंमित भेटिएसगैं त्रासमा रहेको बाग्लुङ सामान्य हुँदै गएको छ ।