२०७७ बैशाख १०, बागलुङ । विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाईसबाट प्रभावित भई नेपाल सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम समेत प्रभावित भईरहेको अबस्थामा बडिगाड गाउँपालिका वडा.न.७ का वडाध्यक्ष कृष्ण गुरुङ भने आफै टोल टोल र घर घरमा पुगि समाजिक सुक्षा भत्ता वितरण गर्नुभएको छ । सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सँगै कोरोना भाईरस सम्बन्धि चेतनामुलक कार्यक्रम साथै बिरामिहरुलाई चेक गरि औषधी समेत वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
बडिगाड ७ भित्र भत्ता प्राप्त गर्ने व्यक्तिको संख्या जम्मा ३ सय ४१ रहेको र कुल रकम रु.३०,७०,४००(। (तीस लाख सत्तरी हजार चार सय) मात्र रहेको र जसमध्ये ३०४ जनाले कुल रकम रु.२८,४१,६०० (अठ्ठाईस लाख एक्चालिस हजार छ सय) बराबरको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको र बाँकी ३७ जनाले रकम रु.२,२८,८००(। (दुई लाख अठ्ठाईस हजार आठ सय) बराबरको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहेका व्यक्तिहरु मध्ये १० जना ज्येष्ठ नागरिक, ८ जना एकल महिला, १८ जना दलित बालबालिका र १ जना अपाङ्ग रहेको बताउँदै अध्यक्ष गुरुङले बाँकी रहेका व्यक्तिहरुको थप पहिचान गरि सबैलाई भत्ता उपलब्ध बनाउने र नाम छुटेका व्यक्तिहरुको भत्ताको प्रकृया अगाडि बढाउने साथै बाँकी रहेको रकम गाउँपालिकाको खातामा जम्मा गर्ने बताउनुभएको छ ।
यस्तो महामारीको समयमा लकडाउनको नियमलाई समेत पालना गरि भत्ता कसरी बितरण गर्नुभयो ? भन्ने प्रश्नमा अध्यक्ष गुरुङले वडालाई २५ भागमा विभाजन गरि २५ वटै टोलमा पुगि भत्ता लिन आएका व्यक्तिहरुलाई सावुन पानिले हात धुन लगाई सामाजिक दुरी कायम गरि चेतनामूलक कार्यक्रम संचालन गरि सबैलाई भत्ता उपलब्ध बनाई बिरामि तथा अपाङ्गहरुको हकमा स्वास्थ्य चौकी प्रमुख विपेन्द्र के.सी.बाट स्वास्थ्य परिक्षण गरि आवाश्यक परामर्श र औषधि उपलब्ध बनाई घरमै गई भत्ता वितरण कार्यलाई जतिसक्दो व्यवस्थित गर्ने कोशिष गरिएको बताउनुभएको छ ।
यो भन्दा पहिला भत्ता लिनका लागि बैंकमा जानुपर्ने अवस्था थियो तर अहिले टोल तथा घरमै पुगि भत्ता उपलब्ध बनाउँदा आम जनमानसको कस्तो प्रतिकृया पाउनुभएको छ ? भन्ने दोस्रो पश्नमा अध्यक्ष गुरुङले यो भन्दा पहिला म भत्ता लिएर टोलटोलमा जान नसके पनि बैंकको झन्झटिलो र यातायातमा हुने खर्चको मध्यनजर गरि वडा कारयालय मार्फत बैंकको कर्मचारीको उपस्थितिमा भत्ता बितरण कार्यको सुरुवात गरेको तर अहिले टोल तथा घरमा पुग्दा विशेषगरीकन ज्येष्ठ नागरिक र अपाङ्गहरु अत्येन्तै खुशी भएका छन् र आम जनसमुदाय र राजनितिक दलहरुले समेत टोलमै पुगि भत्ता वितरण गर्ने कार्यको प्रशंसा गर्दै निरन्तरता दिन समेत अनुरोध गर्दै धन्यवाद प्रकट गरेको बताउनुभयो ।
भत्ता वितरण गर्दा कागजी प्रकृयामा थुप्रै समस्याहरु रहेकोले गाउँपालिका र बैंक सँग समन्वय गरि व्यवस्थित गर्ने र प्रत्येक भत्ता प्राप्त गर्ने व्यक्तिको फाटो समेत खिचिएको यस वडाका भत्ता प्राप्त गर्ने व्यक्तिहरुलाई परिचयपत्रको व्यवस्था गरि ज्येष्ठ नागरिक परिचयपत्र समेत बनाई वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभएको छ । अध्यक्ष गुरुङ सँगै भिमगिठे स्वास्थ्य चौकि प्रमुख विपेन्द्र के.सी., ईलाका प्रहरी कार्यालयका हवल्दार नवराज धकाल र क्यामेरा म्यान विमल पाईजाको समेत उपस्थिति रहेको थियो । प्रत्येक टोलमा भत्ता बितरणको कार्यक्रममा अध्यक्ष गुरुङले नयाँ बर्षको उपलक्ष्यमा वडा कार्यालयको तर्फबाठ शुभकामना समेत दिनुभएको थियो ।