छविलाल पाण्डे, बैशाख १० । लकडाउनका कारण काठमाडौमा अलपत्र परेका पश्चिम बागलुङका ७० जना नागरिक गाउँ फर्किएका छन् । अध्ययन, स्वास्थय उपचार र ज्याला मजदुरीका निम्ति काठमाडौमा रहेका ७० जना नागरिक बुधबार साँझ ८ बजे बुर्तिबाङ आईपुगेका हुन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बुर्तिबाङसम्म आउने बसको सवारी पासको व्यवस्थापन गराएसँगै पहिलो दिन निसीखोला, तमानखोला, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका गरी ७० घर आएका हुन् ।बुधबार बिहान दुई सयको सख्यामा ३ वटा बसमा यस क्षेत्रका नागरीक घर हिँडिसकेको कुवँरले बताउनुभयो ।
एक महिनासम्म काठमाडौमा बस्दै गर्दा, खान बस्नको समस्या भएका नागरिकको समस्यालाई आफुले समन्वय गरेको बताउँदै यस्तो सस्याको अवस्थामा समेत साथ दिने गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय बागलुङ र नेपाल प्रहरीलाई धन्यबाद दिनुभयो । घर आउँदै गरेका नागरिकलाई बागलुङ, बिहुँमा ज्वरो परिक्षण गरिएको र बुर्तिबाङमा समेत इलाका प्रहरी कार्यालय बुर्तिबाङ, आर्मीको टोली र चिकित्सकको सक्रियतामा उनीहरुको परिचय संकलनसँगै ज्वरो परिक्षण गराएर घर पठाइएको छ । घरमा पुग्दै गर्दा गाउँमा खुलेयाम नडुल्न र केहिदिन होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको हो ।