आज बिहिवार : कदापी नगर्नुस यस्ता काम, पुज्नुस यी भगवान

आज बिहिवार : कदापी नगर्नुस यस्ता काम, पुज्नुस यी भगवान

Badigad Online
3 Min Read

वैशाख ११ । बिहिवारको दिन भगवान बृहस्पतिको पूजा गरिन्छ । गुरुवारको दिन पूजा गर्दा भगवान विष्णु प्रशन्न हुनुहुन्छ र चाहेको वरदान दिनु हुन्छ । बिहिवारको दिन पूजा गर्नका लागि पहेलो कपडा धारण गर्नु पर्दछ । पूजामा सबै बस्तु पहेलो रंगको नै उपयोग गर्नु पर्दछ । त्यहि अर्को तर्फ केहि बस्तुहरु बार्नु पनि पर्नसक्छ । आउनुहोस जानौ कसरि गर्ने बिहिवारको पूजा जसले तपाईको घरमा शुख समृद्धि आओस ।

पूजन विधि

बिहान स्नान आदि पश्चात पहेलो बस्त्र लगाउ । त्यस पश्चात पहेलो फूल र गुड़ चनाको दाललाई एक साथ मिलाएर प्रसाद बनाउ । यस प्रसादलाई भगवनलाई अर्पण गरेर पूजा गरौ । यसले भगवान विष्णु प्रसन्न भएर उहाको आशीर्वाद तपाईको घरमा सधै बनिरहनेछ ।
बिहिवारको पूजा विधि विधानको अनुसार नै गर्नु पर्दछ । बृहस्पति देवको पूजा पहेलो वस्तुएं, पहेलो फूल, चनाको दान, पहेलो मिठाई, पहेलो चावल आदिको भोग लगाएर गरिन्छ । केलाको गाछिमा बसेर भगवान बृहस्पतिको तस्वीर राखेर पूजा गरिन्छ । यो पूजा भगवान बृहस्पति देवको व्रत कथा पढेर पुरा हुन्छ ।

बिहिवारको व्रत राख्दा यस्तो चीजको सेवन नगरौ, जस्को प्रयोग पूजामा गरिन्छ । बिशेष गरेर केलाको पूजा गरिन्छ, त्यसैले केला फलको रूपमा यस दिन नखाऔ । पहेलो वस्तु दान गर्दा मनलाई शांति र घरमा सुख आउन्छ । भगवान बृहस्पति देवको पूजा मात्रले तपाईको घरमा गुरुको वास हुन्छ । विष्णु जहां रहनुहुन्छ वहां माता लक्ष्मी पनि बस्नुहुन्छ । त्यसैले बिहिवारमा भगवान विष्णुको पूजा गर्दा माता लक्ष्मीको पनि पूजा गरौ । मनमा नकरात्मक विचार त्यागेर भगवानको नाम लिऔ ।

हिन्दू धर्ममा हरेक दिनको अलग अलग महत्व रहेको छ । त्यसो त बिहीवारको दिनलाई गुरु बृहस्पति र भगवान् नारायणको बिशेष दिन मान्ने गरिन्छ । यसका साथै बिहीवार साई बाबाको पनि पूजा आराधना गर्ने गरिन्छ । बृहस्पति ग्रहलाई अन्य ग्रहको तुलानामा बलवान मानिन्छ । त्यसैले यस दिन कुण्डलीमा प्रभाव पर्ने खालको कुनै पनि काम गर्नु हुँदैन । अझ महिलाको कुण्डलीमा त बृहस्पतिलाई सन्तान र पतिको कारक मानिन्छ । यसको मतलब गुरु ग्रहले सन्तान र पति दुबैलाई प्रभावित गर्दछ ।

बिहीवारको दिन भूलेर पनि नुहाउने या कपाल काट्ने गर्नु हुँदैन । बिशेषगरि महिलाले बिहीवार नुहाउनाले बृहस्पति कमजोर भई सन्तानको उन्नती प्रगतिमा बाधा पुग्न जान्छ । बिहीवार नङ काट्ने या सेविंग गर्नाले ग्रह कमजोर भई जीवनमा नकारात्मक प्रभाव पर्छ । घर सरसफाई गर्ने, धेरै कपडा धुने, कवाडी समान घरबाट निकाल्ने गर्नाले परिवारको शिक्षा, धर्म आदिमा प्रभाव पर्छ । बिहिवारको दिन लक्ष्मी नारायणको एक साथ पूजा आराधना गर्नाले दाम्पत्य जीवनमा खुसियाली छाउनुका साथै आर्थिक समृद्धि हुन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित