आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

Badigad Online
1 Min Read

काठमाडौं, वैशाख ११ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी भू–भागका धेरै स्थानहरूमा र मध्य तथा पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुई स्थान तथा मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित