बागलुङका लागि सुखद खबर : नेपालको पाचौं संक्रमितको स्वाब परिक्षण नेगेटिभ

बागलुङका लागि सुखद खबर : नेपालको पाचौं संक्रमितको स्वाब परिक्षण नेगेटिभ

Badigad Online
1 Min Read

राम प्रसाद घिमिरे ११ बैशाख २०७७ बडिगाड, बागलुङ
नेपालका कोरोना संक्रमितहरु मध्यकै पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको पाँचौ पटकको स्वाब परीक्षण नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि.क. पोखरेलले बताए ।

बागलुङ नगरपालिका वडा न. ४ कुँडुलेकी १९ वर्षीय अन्शु सापकोटाको पाचौं पटकको स्वाब परिक्षणको लागि बुधबार पोखरा पठाईएको थियो भने रिपोर्टको नतिजा बिहिवार नेगेटिभ आएको हो । संक्रमित युवतिको अवस्था सुरुवाती समयदेखि नै सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्टहरुका नतिजा पोजेटिभ आएका थियो ।

उनी गत २०७६ चैत्र ४ गते बेल्जियमबाट हुँदै कतार एयरवेजको बिमान मार्फत नेपाल फर्किएकी थिइन् भने निजको चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि देखिनै निजको धौलागिरि अञ्चल अस्पताको आईसोलेसनमा उपचार भईरहेको थियो ।

यसै साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो कोरोना संक्रमित बागलुङ नगरपालिका वडा न. ३ गौंडाकोटकी ६५ बर्षीय मनकुमारी पौडेलको करोना संक्रमण निको भइ घर फिर्ता भईसकेकि छन् ।

निज युबतिको सुक्रबार पु:न स्बाव परिक्षण गरिने पोखरेलले बताए ।
शुक्रबारको स्वाब परिक्षणको नतिजा नेकेटिभ आएमा निज युवतिलाइ घर पठाइने छ र बागलुङ जिल्ला करोना संक्रमणको अबस्थाबाट शुन्यमा रहने पोखरेलले बताएका छन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित