छविलाल पाण्डे – बाहिरी जिल्लाबाट धमाधम मानिसहरु घर फिर्ता भएसँगै अवको रणनिती र सर्तकताको विषयमा पश्चिम बागलुङका चारवटा पालिका अन्र्तगत स्वास्थ्य सँस्था प्रमुखहरुको बैठक बुर्तिबाङमा सम्पन्न भएको छ । कोरोना भाईरस (कोभिड १९ ) का कारण विश्वभरी महामारीको स्थिती आइसकेको अवस्थामा स्वासथय कर्मिमा समेत त्यसको प्रभाब उत्तिकै रहेको र समग्र जनतालाई बचाउने दायित्व समेत रहेको सन्दर्भमा आफुहरुले नियमित गर्दे आइरहेको स्वास्थ्य सेवालाई थप प्रभाबकारी कसरी बनाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा अवसरमा बाहिरी क्षेत्रबाट आउने नागरीकको हकमा सकेसम्म एक वडाका नागरीकलाई सोहि वडाले ल्याउने र जनप्रतिनधिीले त्यसको व्यवस्थापन सँगै होम क्वारेन्टाईनमा राख्नका निम्ती पहल गर्ने, स्वास्थ्य सँस्थामा आउने विरामीको डाटा निरन्तर अपडेट गर्ने, एक स्वास्थ्य सँस्थाबाट अर्का स्वास्थ्य सँस्थामा जाने विरामीले अनिवार्य रिफर लेटर लिएर जानुपर्ने, स्वास्थ्य कर्मिहरु निरन्तर सम्पर्कमा रहने र कोरोना सँग मिल्दो जुल्ल्दो लक्षण भएका विरामी भएमा माथिल्लो निकायमा तत्काल खवर गर्ने निर्णय गरीएको हो ।
त्यसैगरी नियमित खोप सेवालाई सञ्चालन गर्ने र स्वास्थ्य निर्दशिका वमोजिम अगाडी बद्ने जनप्रतिनिधी सँग सम्मोन्य गर्दे कोरोना रोकथाम अभियानमा सर्तक बन्ने र बनाउने अभियानमा हातेमालो गर्दे उच्च मनोवलका साथ काम गन लगाएतका निर्णय भएको वडिगाड गाउँपालिकाका हेल्थ असिस्टेन्ट चुडामणि कँडेलले बताउनु भयो ।
आयोजित कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थका प्रमुख डा. मिलन मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका तथ्याँक अधिकृत घनस्याम सापकोटा, बुर्तिबाङ स्वास्थ्य सँस्था व्यवस्थापन समिती अध्यक्ष चित्र बहादुर भण्डारी, ढोरपाटन नगरपालिका स्वास्थ्य सम्योजक घनस्याम सर्मा, तमानखोला गाउँपालिका स्वास्थय सँयोजक तिलबहादुर छन्त्याल, निसीखोला गाउँपालिका स्वास्थ्य सँयोजक टोपबहादुर चन्द लगाएतको उपश्थिती रहेको थियो ।