नेपाली काँग्रेसका नेता जित शेरचन सहितको टोलीद्धारा तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा पुगेर गरीव, विपन्न परिवारलाई खाध्यन्न वितरण गरीएको छ । कोरोना भाइरसका कारण ज्यालामजदुरी गरी हातमुख जोर्दे आएका परिवार, गरीब, विनन परिवारका निम्ती प्रति परिवार ३० केजी चामल, एक प्याकेट तेल, नुन र सावनु वितरण गरीएको नेता शेरचनले बताउनु भयो ।
तमानखोला गाउँपालिकाको वडा नं.४ लाम्वेलामा १५ घरधुरी, वडा नं.३ तमानमा १५ घरधुरी, वडा नं.५ खुँखानीमा २० घुरधुरी र वडा नं.६ नर्जामा ३२ घरधुरीका लागि उक्त परिमाणमा राहात हस्तान्तण गरीएको हो । भोली वडा नं.१ र २ का नागरीकलाई राहात वितरण गरीने कार्यक्रम तय गरीएको जनाइएको छ ।
राहात वितरण अभियान नेपाली काँग्रेस क्षेत्र नं.२ प्रदेश ख सभापती नरजँग घर्तिको सभापत्विवमा पार्टिका पूर्व महा समिती सदस्य अर्जुन शेरचन, महादिवेशन प्रतिनिधी जित शेरचन, समाजसेवी, रिषीराम कँडेल, तरुणदल जिल्ला सचिव नविन शेरचन वडा अध्यक्ष र पार्टीका वडा सभापतीको उपश्थितीमा राहात वितरण गरीएको नविन शेरचनले बताउनु भयो ।