छविलाल पाण्डे – निसीखोला गाउँपालिकाले आफनो पालिकाका नागरीकलाई घर फिर्ता ल्याएको छ । अध्ययन, रोजगारी, र ज्यालामजदुरी र औषधि उपचाका निम्ती देशका मुख्य शहर काठमान्डौ, पोखरा लगाएतका स्थानमा रहेका नागरीकलाई सवारीका प्रवन्ध गरेर गाउँ फिर्ता ल्याइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनु भयो ।
लामो समयको लकडाउनका कारण खान बस्न समस्या भएको गुनासो बद्दै गएसँगै आफुहरुले ४ वटा बस पठाएर पालिकाका नागरीकलाई घर फिर्ता ल्याइएको अध्यक्ष पौडेलले बताउनु भयो । त्यसैगरी निसीखोला गाउँपालिका वडा नं.६ का निमित्त वडा अध्यक्ष हेमबहादर बुढामगरले पालिकाका ४५ बढि नागरीकलाई पोखराबाट पचास प्रतिशत भाडा आफुले तिरेर घर फिर्ता लिनु भएको छ ।
पोखरामा अलपत्र अवस्थामा रहेका उनिहरुलाई १२ सय भाडा लाग्ने गरेकोमा प्रति व्याक्ति ६ सय रुपैयाँका दरले आफुले भाडा तिरेर घर फिर्ता ल्याएको बताउनु भयो । समस्यामा परेका नागरीकको उद्धार गर्ने हामि जनप्रतिनिधीको दायित्व हो त्यसैले पालिका भरका ४५ बढि नागरीकको उद्धार गरेको उहाँले बताउनु भयो । त्यसैगरी आफनो वडामा बाहिरी क्षेत्रबाट आएका नागरीकलाई क्वारेन्टाइनमा राखिएको समेत उहाँले बताउनु भयो ।
वडामा आएका ३१ जनालाई हिँजोदेखि जनकल्याण मावि, तिलाचन मावि र ज्ञानज्वती प्राविको भवनमा क्वारेन्टाईनमा राखिएको छ । सबैसँग सरसल्लाह गरेर उनिहरुलाई कहिले घर फिर्ता गराउने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष बुढाले बताउनु भयो । उता गाउँपालिकाले समेत बाहिरी क्षेत्रबाट आएका नागरीकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरीएको र उनिहरुको तथ्याँक सँकलन गर्ने काम समेत अगाडी बढाइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको भनाई छ ।