जीवन पाण्डे, बडिगाड बाग्लुङ्ग – जिल्लाको पच्चिम क्षेत्र बडिगाड गाउँपालिका वडा न. ०६, छिसफाट, भिमगिठेका पुन परिवारले सोही वडाका ५८ घर परिवारलाइ राहत बितरण गरेका छन। कोभिड – १९ ले गर्दा बिश्व भरिको प्रभाव सङ्गै नेपालले गरेको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका परिवारलाइ सहयोग गरिएको बताइएको छ ।
पुर्व बृटिस सैनिक अमर बहादुर पुन, उहाँकी श्रीमती लालकुमारी पुन, हाल बृटिस सैनिक उहाको जेठो छोरा भुपाल चन्द्र पुन, लन्डनमा कार्यरत सन्तोष पुन, दिपक पुन, दिपेन्द्र पुन र छोरी सुनिता पुन सहितको परिवारले राहत बितरण गरेको हो । ६ न. वडा भित्रका धेरै ठाउका घरपरिवारले राहत पाएका छन । नयाँ गाउँ, सुडकुडे,चिच्चौर,ठुला चौर र छिसफाटका गरि ५८ घर परिवारले राहत पाएका छन । खाल बजारका पिडित व्याक्तीहरुलाइ खवर भएपनी राहत लिन भने उपस्थित भएनन ।
परिवार सदस्य संख्या र पारिवारिक स्थितीको आधारमा राहत बितरण गरिएको दिपेन्द्र पुन ले बडिगाड अनलाइनलाइ बताउनुभयो । “राहत थोरैमा तेह्र के.जि चामल, एक के.जि दाल, एक के.जि नुन, एक लिटर तेल र एक पिस सावुन बितरण गरियो भने धेरैमा पच्चिस के.जि चामल, तीन के.जि दाल, दुई के.जि नुन, दुई लिटर तेल र एक पिस सावुन बितरण गरिएको छ ।”पुनले भन्नुभयो ।
केही समय पहिला बडिगाड गाउपालिकाका वडा केहि वडा कार्यलयले चन्दा संकलन गरि राहत बितरण गरेका थिए । देशभरी सरकारले एकद्वार प्रणालीद्वारा राहत बितरण गर्ने निर्देशन दिएपछि अहिले त्यो कार्य रोकिएको छ । आफ्नो वडामा भएका पिडितहरुलाइ पहिचान गरेर यो समयमा व्याक्तिगत लगानीमै राहत हस्तान्तरण गर्नु सराहनिय कार्य हो ।