अमेरिकन आइडलको टप २० मा पुगेका नेपालीले मागे भोट

अमेरिकन आइडलको टप २० मा पुगेका नेपालीले मागे भोट

Badigad Online
3 Min Read

अमेरिकामा कोरानाको महामारी बीचकै विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले सबैसंग भोटको अपिल गरेका छन् । आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गर्दै अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका हुन् । गएको आईतबारको उनको प्रस्तुती संगै अमेरिकन आइडलको भोटिङ राउन्ड सुरु भएको छ । घरबाटै दिएको प्रस्तुतीमा जजहरुले प्रशंसा समेत गरे ।

मलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने तपाई सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु’ दिवेशले भने– अब मलाई अगाडी बढन तपाईहरुको भोटको आवश्यकता पर्ने भएकाले सबैसंग सहयोगको आव्हान गर्दछु ।’ उनले आफुलाई बेवसाइट, टेक्स्ट तथा अमेरिकन आइडलको एपबाट भोट गर्न सकिने बताए । एक जनाले ३० पटक सम्म भोट गर्न सकिनेछ । भोटले नै उनलाई उत्कृष्ट २० बाट उत्कृष्ट १० मा पु¥याउनेछ ।

उनले आफनो अफिसियनल पेज दिवेश पोखरेल–अर्थर गन मार्फत सबैलाई आफुलाई यो चरण सम्म आउन माया गर्ने सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले भनेका छन् – अमेरिकन आइडलको मेरो यात्राको सपना साकार पार्न सबैजनालाई भोट गरिदिन आग्रह गर्छु । उनले आफनो सांगीतिक यात्रालाई अगाडी बढाउन सबैको सहयोगको अपेक्षा राखेका छन् ।

अमेरिकन आइडलको अडिसन राउन्ड पुरा गरी विभिन्न चरण हुदै टप–२० सम्म आइपुगेका दिवेशको अगाडीको यात्रा भोटीङमा निर्भर रहनेछ । काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी पेरी र लुक ब्रायनको मन जितिसकेका छन् । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् । अव भने उनको यात्रा आम दर्शकको हातमा छ, जसले उनलाई अमेरिकन आइडलको उपाधी नजिक पु¥याउन मदत गर्नेछ ।

कोरोनाको महामारी बीच अमेरिकन आइडलको अबको प्रस्तुती आ–आफनो घरबाट प्रतिस्पर्धामा जोडिनेछन् । नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन् । अध्ययनका लागी अमेरिका गएका पोखरेलका केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन् । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।

विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका गएका हुन । अमेरिकन आइडल हरेक आईतबार एबीसी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदै आएको छ ।

(कान्तिपुर साप्ताहिक)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित