भारतबाट चोरबाटो नेपाल छिरेका दुईजनामा कोरोना संक्रमण पुष्टि

भारतबाट चोरबाटो नेपाल छिरेका दुईजनामा कोरोना संक्रमण पुष्टि

Badigad Online
1 Min Read

बैशाख १६, रौतहट । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिनुभएको छ ।

वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन् । कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिनुभयो ।

देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए । संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ । यो सगैं नेपालमा कोरोना सक्रंमितको संख्या ५४ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित