-जसिन्द्र श्रीपाली,बाग्लुङ । उसको बुबा भुइँमा घुराएको उ सुतेको खाटमा प्रष्ट सुनिथ्यो, उसले पटकपटक निदाउन खोजिरहे पनि निन्द्रा भने परेन १ उसले घरको खम्बामा जोडिएको बिजुलीको स्विच झ्याप्प निभायो, चार्जमा राखेको मोबाइल झिक्यो र गर्ल्याम्म सिरकले पुरै मुख छोपेर पल्टियो ।
उसले उसको मोबाइल पछाडि माझी औंलाको प्रयोग गर्दै फिङ्गर प्रीन्ट लक अन र्गयो , मोबाईलको ब्राइटनेश केहि कम र्गयो र सिधै ग्यालरीमा पुगेर अलमलियो । उसले एकपटक घडी र्हेयो , एकपटक मोबाइलको चार्ज चेक र्गयो तर ग्यालरीमा के हेर्ने अझैसम्म उसले सोच्न भ्याएन , उ गीत कम सुन्छ, फिल्म कहिलेकाही हेर्छ त्यसो त उसको मोबाइलमा यी नै कुरा केही छैनन् नै १ छन त केबल केही रेकर्डिङ गरिएका कार्यक्रम , र केही थान उसले यादमा एकथान निर्जीव फोटोहरु ।
कुकुर बेस्सरी भुकेको आवाज उसको कान सम्मै आयो, उसले एकपटक हर फर्कायो र ग्यालरी तिर बाट हात सिधै म्यासेन्जरमा पुर्यायो । उसले डाटाअन गर्छ तर नेट्वोर्क काम गर्दैन उ फेरि दिनभर गफिएका मान्छेको लिस्ट फरफर हेर्छ र अलि तल देखिने सुन्दर आकृति संगैको एक नाममा ठप्प रोकिन्छ । उक्त म्यासेज उसले औंलाले रोल भएजती तलतिर तानेर पढ्छ, ती अफलाइन म्यासेजहरु उसलाई खुब प्रिय लाग्छ ,म्यासेज उसले उनैले बाचन गरेझैं शैलीमा मनमनै वाचन गर्छ
बेलाबेला उसका ओठहरुले अनयासै मुस्कान छोडेका छन् , उ फेरि एक टकले केही सोचिरहेको छ, अब भने उसले मोबाइलको एक भागमा लुकाएर राखेको एप लक खोल्छ, त्यहाँ लुकाएर राखेका केहि थान उसलाई प्रिय लाग्ने फोटोहरु हेर्छ । कुनै फोटो उ सकेजती जुम गरेर हेर्छ र भन्छ म तिमिलाइ गहिरो प्रेम गर्छ प्रिय ।
यत्तिकैमा उसको बाबा बेस्सरी खोक्नु हुन्छ, उ त्रसिन्छ् र मोबाइलको लक झ्याप्प निभाएर सुतेझै गर्छ ,बाहिर पानी परेर बलेनी चुहिएको उ सुतेको ठाउँमा प्रष्ट सुनिन्छ , उसलाई यो झरी खुब मन पर्छ, यो सुनसान रात खुब मज्जा लाग्छ १ झरी संगै उसको प्रेम यात्रामा केही गज्ज्ब लाग्ने प्रेमको किस्सा जोडिएको छ । उ ती रमाइलो पलहरु एकपछि अर्को गर्दै कल्पिन्छ र एक्लै खाटमा पल्टिएको आफुलाइ हेरेर भन्छ “ एक्लो हुनु भनेको बुद्ध हुनु रैछ , एक्लै हुनु भनेको ज्ञानी हुनु रैछ ।
बाँकी भाग प्रतीक्षा गर्नुहोला ।