बडिगाड १० दर्लिङले प्रारम्भिक चरणमा ५० घरधुरीलाई राहत बाँड्यो

बडिगाड १० दर्लिङले प्रारम्भिक चरणमा ५० घरधुरीलाई राहत बाँड्यो

Badigad Online
2 Min Read

रोशन थापा मगर १६ बैशाख, बडिगाड । बडिगाड गाउँपालिका वडा नं १०, दर्लिङले गरीव एवम् विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस सक्रंमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गर्ने तथा अति विपन्न वडाका ५० घर परिवारलाई राहत वितरण गरिएको हो ।

मगंलबार साविक दर्लिङ गाउँ विकास समिति वडा नं. ५ देखि ९ नं वडामा रहेका मजदुर, गरिब, अपाङता भएका तथा एकल रुपमा बस्दै आएका परिवारलाई प्रति परिवार चामल ३० केजी, दाल ३ केजी, तेल २ केजी चिनि १ केजी, चाउचाउ ५ पिस, जिरा मसला १ पाउ, नुन २ केजी, एक पिस चिया, मसला एक पिस, चना १ केजी ५ केजी चिउरा, एक पिस बेसार राहत स्वरुप वितरण गरिएको वडा अध्यक्ष बिरेन्द्र कुमार बुढाले जानकारी दिनुभयो ।

केही दिनदेखि लगातार परिरहेको बर्षातका कारणले राहत वितरणमा केही ढिलाई भएको भएपनि वास्तबिक बिपन्न परिवारको तथ्याङ्क सकंलन गरिएको र यसबाट खास प्रभावित लाभाम्बित भएको उहाँको भनाई छ । राहत पाएपछि बिपदमा सरकार रहेछ भन्ने महसुस भएको स्थानियले बताएका छन् ।  बिपत्तिका बेला स्थानिय सरकारले जनातालाई भोकै मर्न नदिने र वडा भित्रका निम्न वर्गका लकडाउनका कारण प्रभावित भएका र दैनिक जीविका चलाउननै कठिन परिस्थिति सिर्जना भएका व्यक्तिहरुलाई वडामा सम्प्र्क गर्न वडाबासी लाई अध्यक्ष बुढाले आग्रह गर्नुभएको छ ।

राहत वितरण वडा अध्यक्ष सहित जनप्रतिनिधि, स्थानिय पत्रकार र युवा बुद्धिजिबीहरुको मातहतमा बितरण गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित