जसिन्द्र श्रीपाली,बाग्लुङ वैशाख १६ । कोरोनाभाइरस ले यतिबेला बिश्व समुदाय त्रसित बनिरहेको छ । यो समय उत्तम उपाए भनेकै आफ्नै घरमा सुरक्षित रहनु, भिडभाडमा नजानु हो, तर लामो समय सम्म लकडाउन लम्बिए संगै शहर बाट गाउँ गाउँ आउनेको संख्या दिनप्रतिदिन बढी रहेको छ । बाग्लुङको विभिन्न सिमा हुँदै आवतजावत गर्ने माथी तमानखोला गा.पा. र ४ नम्बर वडा कार्यालय लाम्मेलाले आफ्नो सिमा क्षेत्रमा कडाइ गरेको छ ।
म्यादी बाट बाग्लुङ प्रवेश गर्ने एउटा प्रमुख नाका हो शोले डाडा जुन सिमा क्षेत्र बाट अत्यधिक रूपमा मान्छे एक जिल्ला बाट अर्को जिल्लामा प्रवेश गर्छन् । यहीँ कुरालाई मध्यनजर गर्दै तमानखोला गा.पा ४ नम्बर वडाले आकस्मिक बैठक बसेर आफ्नो क्षेत्रमा मान्छे आवतजावत गर्ने सम्पुर्ण पैदल यात्रीलाई ध्यानाकर्षण गर्दै कडा निगरानी गर्न थालेको छ ।
शोले युवा कल्ब र तमानखोला गा.पा. ४ नम्बर वडाको संयोजनमा प्रत्येक नाकामा तीन देखि पाच जनाको समुहमा युवाहरु खटिन्छ्न त्यही हुलमा देखिन्छन् ५६ बर्सिए पुर्ण बहादुर श्रीपाली (पुर्ण लाहुरे ) उनी उमेरले ५६ बर्ष भए, शोलेमा झम झम पानी बर्सिएको छ तर उनी भन्छन् मेरो यो खटाइ मेरो लागि मात्र नभएर मेरो गाउको र म जस्तै गाउबासी नागरिक को निमित्त हो ।
हामी कहाँ अहिले चेकजाँच गर्ने उपकरण छैन , अहिलेको समय भनेको सबै मान्छे आ आफ्नो ठाउँमा सुरक्षीत बस्नु नै हो । कति समय खट्नु हुन्छ भन्ने प्रश्नमा उनी मज्जाले हास्छन् र जवाफ दिन्छन् म मेरो सुरक्षा र गाउँ घरमा निमित्त दिन रातै खट्न परेनी तयार छु , अनि चिसो हुदैन ? उनी भन्छन् मैले चिसो खेप्दा गाउको नागरिक सुरक्षीत रहन्छन् भने म यो जाडो किन नखेपु ?
दिनहुँ कतिजना फर्काउनु हुन्छ ? के सहजै मान्छन् फर्कन ? म लाहुले हु मैले नीति नियम र भाषा शैली बुझेको छु, कतिपय मान्छे बुझेर फर्कन्छन् कतिले आखा तरेर जान्छन् तर म मुस्कुराएरै जिति दिन्छु । कस्तो अबस्थामा सिमा वार पार हुन दिनु हुन्छ त ? लाहुरे बुवा फेरि मज्जाले हास्छन् र भन्छन् जो सिकिस्त बिरामी छ, जो कानुनी रूपमा प्रक्रिया पूरा गरेर आउछ उनैलाई त होनि दिने भनेकै ।
उनी अझै थप्छन् युवा हरुले साथ दिनु पर्छ यो समय भनेको अरुलाइ बुझाउने र आफ्नो ठाउँमा सुरक्षित रहने हो, सन्देश पुर्याउनमा सहयोग गर्नुस सबैलाई बाच्न र वचन सहयोग पुर्याउनुस् ।