बागलुङ, १७ बैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेख्दै बागलुङ नगरपालिका २ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसानले सोमबार राती कोठामा झुण्डिएर आ*त्मह*त्या गरेकी छिन् । आ*त्मह*त्या गर्नुपुर्व सम्झनाले लेखेको पत्रमा जिल्ला प्रहरी कार्यालय बागलुङलाई सम्बोधन गर्दै ‘आवश्यक छानवीन गरी दो*षीलाई कार्वाही गर्न’ माग गरेको ढोरपाटन न्यूजमा खबर छ ।
गैरदलित युवासंग विवाह गरेको केही वर्षमै सम्बन्धमा खटपट भएपछि एक्लै बस्दै आएकी सम्झनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानका कारण आ*त्मह*त्या गर्न बाध्य भएको नोटमा उल्लेख गरेकी छिन् । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फस्दा आज यता न उताको भएर आ*त्मह*त्या गर्नुपरेको सम्झनाले लेखेको पत्रमा उल्लेख छ ।
उनीसंग दुई वर्षसम्म सम्बन्धमा रहेको र अरु केटीसंग हिड्ने गरेको थाहा पाएपछि उससंग टाढिन खोज्दा पटक पटक आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत ब्ल्या*कमेलिङ गरेपछि उसले भनेका सबै कुरा मान्दै आएको समेत नोटमा उल्लेख छ । ‘उसले भनेको मान्दै जाँदा राम्रै व्यवहार गथ्र्यो, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ नोटमा भनिएको छ ।
श्रीमानसंगको सम्बन्ध वि*च्छेद पनि प्रहरी जवानसंगको सम्बन्धकै कारण भएको समेत नोटमा उल्लेख गरिएको छ । श्रीमानसंगको सम्बन्ध विच्छेदको कुरा र ती प्रहरी जवानले ग*र्भ स्वीकार गर्न गरेको आनाकानीका कारण आफु यता न उताको भई आ*त्मह*त्याको बाटो रोजेको सम्झनाले छोडेको नोटमा भनिएको छ, ‘मैले आ*त्मह*त्या गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दो*षीलाई कानुनी बमोजिमको सजाय दिन भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्यायको आशा राख्दछु ।’
मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलले झु*ण्डिएको अवस्थामा देखिएकी थिइन् । प्रहरीले मृ*तकले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरी कार्यालयमा लगेको छ । धौलागिरी अंचल अस्पतालमा राखिएको मृ*तक सम्झनाको शवको पोष्टमार्टम बुधबार हुने प्रहरीले जनाएको छ ।
‘त्यो आ*त्मह*त्याको केशमा अहिलेसम्म शंका(स्पद केही छैन’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले भने, ‘मान्छेका व्यक्तिगत कुरा केही हुन सक्लान, त्यो अनुस*न्धानमा खुल्ने हो, तर, प्रारम्भिक चरणमा हेर्दा आ*त्महत्या*मा शंकास्पद केही छैन ।’ मृ*तक सम्झनाका एक छोरी छिन् । (साभार ढोरपाटन न्यूज)