जीवन पाण्डे ,बाग्लुङ वैशाख १७ । बाग्लुङको बडीगाड गाउँपालिकामा रहेका भाडा पसल र खाद्यान्नका पसलहरुमा खुलेआम रुपमा विषा*दीहरु विक्रि भइरहेको भेटिएको छ । बडीगाडमा रहेका खाद्यान्न पसल र भाडा पसलहरुले समेत घा*तक विषा*दी विक्रि गर्ने गरेको फेला परेको हो ।
सोमबार मात्रै बडिगाड गाउँपालिका ९ बलघासाका १५ वर्षीय किशोरको जुम्रा मा*र्ने विषा*दी खादा ज्या*न गएपछि यो तथ्य फेला परेको हो । किशोरकी आमाले बडीगाडको एक भाँडा पसलबाट बाख्राका जुम्रा मा*र्न उक्त वि*षादी लगेको बताईएको छ । जुम्रा मार्न प्रयोग हुने नुहान नामक विषा*दी सेवन गर्दा कुल बहादुर थापाका छोरा विशाल थापाको ज्या*न गएको थियो ।
खाद्यान्न र भाडा पसलहरुले अना*धिकृत रुपमा मुसा, झिंगा, लामखुट्टे मा*र्न प्रयोग गरिने बेगन, मटेनर, सल्फरमेथ्रिन, यम्ल्पोरथ्रिन, जिंक फस्फाइट, ब्रोमाड्रियोलियन, नुहान लगायतका वि*षादी बेच्ने गरेका छन् । नेपाल सरकारले नै विक्री वितरणमा रोक लगाएको उक्त नुहान नामक विषा*दी इजाजतपत्र बेगर बेच्न नपाइने कानूनी प्रावधान भएपनि खुलेआम रुपमा घा*तक विषादीहरु विक्रि भइरहेको बालकको मृ*त्यु पछि मात्रै थाहा हुन आएको स्थानीय एक भेटेनरी सञ्चालकले बताए ।
झिंगा, लामखुट्टे, सांला, मुसा मार्न प्रयोग गरिने विषा*दीहरु र घा*तक मानिएको रातो लेबल भएका विषा*दीहरु समेत खुलेआम खाद्यान्न पसलेहरुले विक्रि गर्ने गरेको उनको भनाई छ । खानेकुरा संगै विक्रि गरिरहेको भएपनि स्थानीय सरकारले भने नियमन र नियन्त्रण गर्न सकेको छैन् । घा*तक विषादी बेच्ने पसलहरुलाई कारबाही गर्ने कानुनी व्यवस्था रहेको छ ।
तालिम लिएर मात्र वि*षादी विक्रि गर्नु पर्ने, इजजाजत लिएर मात्र वि*षादी कारोबार गर्नु पर्ने, तथा मापदण्ड पुरा गरेर विषा*दी पसल सञ्चालन गर्नु पर्ने कानूनी प्रावधान छ । तर, अधिकांश पसलेहरुले ग्राहकले विषा*दी खोज्ने गरेको र अरुले पनि राखेको देखेर आफुले पनि राखेको प्रतिक्रिया दिएका छन् । तालिमप्राप्त भेटेनरी डाक्टरबाट पशुपन्छी लगायत अन्य बालिमा प्रयोग गर्ने वि*षादी विक्री वितरण गर्नुपर्ने भएपनि यसरी जताततै जसले पनि विना जानकारी विक्री वितरण गर्दा मानव स्वास्थ्यमा ग*म्भीर असर पर्ने स्थानीय भेटेनरी डाक्टरले बताए ।
अनुगमन गर्छौँ गाउँपालिका
यो विषयमा बडीगाड गाउँपालिकामा बुझ्दा यस अगाडी पनि त्यस्तो विक्री वितरण भईरहेको भन्ने जानकारी आएर केही पसललाई सम्झाई बुझाई गरेको भएपनि अझै अटेर गरेमा कानुनी कार्वाही थाल्ने गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बताउनुभयो । कसैले पनि कसैको स्वास्थ्य माथि खेलवाड गर्न नपाईने भन्दै उहाँले त्यस्ता पसल र पसलेहरु कानुनको भागेदार बन्ने बताउनुभयो । साथै उहाँले यस्ता वि*षादी किन्दा सुचीकृत भेटेनरीमा मात्रै किन्न र बाहिर जहाँ पायो त्यहाँ नकिन्न पनि आग्रह गर्नुभएको छ ।
साथै उहाँले जुन व्यवसाय हो त्यही सगं सम्बन्धित खाद्य सामाग्री मात्र विक्री वितरण गर्न आग्रह गरेको भएपनि अटेर गर्ने गरेकाले हदैसम्मको कार*बाही थालिने बताउनुभयो । गाउँपालिकाले सम्बन्धित पसलले आफुले विक्री वितरण गर्ने सामान मात्रै बेच्न आग्रह गरेको र त्यसो नभए एक्सननै लिएर काम अगाडी थाल्ने प्रतिक्रिया दिनुभयो ।