तिलाचन पाण्डे, बैशाख १७ गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामाग्री पठाएका छन् । ज्ञवालीले स्वकीय सचिव जंग नेपाली मार्फत बुधबार जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री ज्ञवालीले ३७ सेट मेडिकल पिपिई , ५० सेट पिपिई , ४० सेट निला गाउन, नौसय थान ग्लोब्स , एक सय १० सेट एन नाइन्टीफाईब मास्क , १४ हजार २०० सेट सर्जिकल मास्क , एक सेट स्प्रे , ७८ लिटर सेनिटाइजर , ६५ सेट थर्मलगन र २४ सेट शु कभर र क्याप जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेको ज्ञवालीका स्वकिय सचिब जंग नेपालीले जानकारी दिनुभयो ।
स्वास्थ्य कर्मीहरुलाई बिरामीको उपचारमा स्वास्थ्य सामाग्रीको अभाब नहोस भन्नका लागि मन्त्री ज्ञवालीले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको र आवश्यकताको आधारमा गाउँपालिकालाई जिल्ला विपद व्यवस्थापन समितिले बितरण गर्ने उहाँको भनाई छ ।स्वास्थ्य सामाग्री ग्रहण गर्दै जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदा स्वास्थ्य कर्मीहरुको मनोबल उच्च भएको बताउनुभएको छ ।
उहाँले आवश्यकताका आधारमा गाउँपालिकाहरुलाई आजै स्वास्थ्य सामाग्री बितरण गरिने समेत बताउनुभएको छ । यस अघि गुल्मी क्षेत्र नं २ का सांसद तथा पुर्व मन्त्री गोकर्ण बिष्टले चैत्र २७ गते तीन सय थान पिपिई गृह जिल्ला पठाएका थिए । खबर मार्केट