बाग्लुङ,वैशाख १७ गुल्मी । आगलागीमा परी गम्भिर घाइते बागलुङ जिल्लाको बरेङ गाउँपालिका ३ का वडा अध्यक्ष पुर्ण खनालको नि*धन भएको छ । खनालको बुधवार बिहान किर्तिपुरको फायर अस्पतालमा नि*धन भएको हो ।
गत बैशाख ८ गते गुल्मीको शान्तिपुर बजारमा रहेको घरमा आगलागी हुँदा उनका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृ*त्यु भएको थियो भने वडा अध्यक्ष खनाल र उहाँको धर्मपत्नी रुपा खनाल ग*म्भिर घा*इते भए पछि उपचारका लागि किर्तिपुर लगिएको थियो ।
बरेङ गाउँपालिकाका स्थायी वासिन्दा भए पनि अध्यक्ष खनालको व्यवसाय भने छिमेकी जिल्लाको शान्तिपुरमा लामो समयदेखी सञ्चालनमा थियो ।
Badigad Online