नेपाली काँग्रेस बन्दै विपदको सारथी पश्चिम बाग्लुङमा राहात बाँड्दै

नेपाली काँग्रेस बन्दै विपदको सारथी पश्चिम बाग्लुङमा राहात बाँड्दै

Badigad Online
2 Min Read

छविलाल पाण्डेय,बाग्लुङ वैशाख १७ । नेपाली काँग्रेसको आयोजनामा मगंलबार निसीखोला गाउँपालिका अन्र्तगत विभिन्न वडामा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेता जित शेरचन सहितको टोलीद्धारा निसीखोला गाउँपालिका विभिन्न वडामा राहत सामाग्री वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नं.२, ३ ४,५ र ६ मा राहात वितरण गरीएको जनाइएको छ । बुधवार वडा नं.२ र ३ मा गरीएको राहात वितरण कार्यक्रम अन्र्तगत वडा नं.२ मा ३० घरपरिवार र वडा नं.३ मा २५ घरपरिवारका निम्ती राहात वितरण गरिएको बताईएको छ । त्यसैगरी बोहोरागाउँ स्वास्थ्य चौकिमा समेत स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ । त्यस्तै मगंलबार वडा नं.४ मा २५ घरधुरी, वडा नं. ५ मा २७ घरधुरी र वडा नं.६ मा वडाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका नागरिकका निम्ती खाद्यान्न सामाग्री वितरण गरीएको जनाइएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश ३७ दिन देखि लकडाउनको अवस्थामा रहेको सन्दर्भमा ग्रामिण क्षेत्रमा रहेका गरीब, विपन्न, मजदुर वर्गका निम्ती दैनिक ज्याल मजदुरी गर्न सक्ने अवस्था नभएको अवस्थामा राहात स्वरुप आफुहरुले खाद्यान्न सामाग्री सगैं स्वास्थ्य सामाग्री वितरण गरेको काँग्रैस नेता जित शेरचनले जानकारी दिनुभयो ।राहात सहयोगमा प्रतिपरिवार २० केजी चामल, एक केजी नुन, एक प्याकेट तेल, एक पिस सावुन वितरण गरीएको जनाइएको हो ।

विपदको समयमा जनता समस्यामा परेका कारण आफुहरुले बागलुङ क्षेत्र नं.२ अन्र्तगत तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा खाद्यान्न वितरण गर्ने अभियान स्वरुप तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको र मगंलबारदेखि निसीखोला गाउँपालिकामा सुरु गरीएको वडा नं.१ र ७ मा भोली अभियान जारी रहने बताइएको हो ।

अभियानमा नेपाली काँग्रेस पूर्व महासमिती सदस्य अर्जुन शेरचन, महादिवेशन प्रतिनिधी जित शेरचन, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, क्षेत्र नं.२ ख प्रदेश सभापती नरजँग घर्ति, पूर्व जिल्ला सदस्य मेशलाल सर्मा, पूर्व क्षेत्रिय सभापती नरबहादुर गुरुङ, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, समाजसेवी ऋषिराम कँडेल तरुणदल जिल्ला सदस्य हेमराज सापकोटा लगाएको सहभागितामा स्थानीयलाई राहात वितरण गरीएको हो ।  पश्चिम बागलुङ तथा काठमान्डौमा पेशा व्यवसाय गर्दे आइरहेका विभिन्न सहयोगि व्याक्तिहरुको सहयोगमा यो अभियान सुचारु भएको जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित