बहुप्रतिक्षित खर्वाङ शिसाखानी सडक निर्माण सुरु

बहुप्रतिक्षित खर्वाङ शिसाखानी सडक निर्माण सुरु

Badigad Online
2 Min Read

कमल पौडेल, १७ बैसाख \बागलुङ । बहुप्रतिक्षीत खर्वाङ शिसाखानी पाण्डवखानी बडिगाड सडक निर्माण कार्य सुरु भएको छ । भौतिक मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडक खण्डको कार्य सुरु भएको हो ।

सो सडक निर्माणको लागि एसि कन्ट्रक्सनले ५४ लाख पन्ध्रहजार छ सय मा विड गरेको र सोहि अनुसार निर्माण सुरु भएको सोहि साइट हेर्ने इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभएको छ । १० वर्ष अगाडिबाटै सडक खन्न सुरु भएपनि पर्याप्त वजेट अभावमा सम्पन्न हुन सकेको छैन । खर्वाङबाट ८ किलोमिटर दुरीमा शिसाखानीको भलामी पुग्न सकिने भएपनि सडक अभावमा स्थानिय रिघा तथा दगातुन्डाडाको घुमाउरो बाटो हिँड्न वाध्य भएका छन् ।

हाल सम्म सडकको झण्डै ४ किलोमिटर भाग सम्पन्न भएको छ । यस वर्ष वाँकी सडक पुरा गर्ने भन्दै पहिलो चरणमा १ करोड र दोश्रो चरणमा २ करोड वजेट विनियोजन गरिएको सांसद देवेन्द्र पौडेलले बताउनु भएको छ । सडक डिभिजन कार्यालय अन्तरगत नै थप २ करोडको टेन्डर आह्वान गर्ने तयारी भएपनि लकडाउनका कारण समस्या भएको र प्रक्रिया अगाडि वढाउन नसकिएको इन्जिनियर श्रीसले बताउनु भएको छ ।

पहिलो चरणको रकमबाट सडक निर्माण हुन थालेपछि खुसि भएका स्थानिय सडक पुरा नहुने होकी चिन्तामा छन् । वाँकी २ करोडको काम हुन पाए भलामी जोड्न सकिने तर अहिले कार्य सुरु भएको रकमले झण्डै १ किलोमिटर मात्रै सडक थप हुने इन्जिनियर श्रीसले बताउनु भएको छ । सम्झौता अनुसार सडकको २८ हजार घनमिटर नयाँ माटो÷ढुङ्गा कटिङ गरिने र वाँकी काम स्टक्चरको हुने निर्माण कम्पनिको तर्फवाट मेख बहादुर पाइजाले जानकारी दिनुभएको छ ।

सो सडक निर्माण भए बडिगाड गाउँपालिकाको वडा नं. २, १, नेपाने, ३ शिसाखानी सहित गल्कोट नगरपालिकाको पाण्डवखानी र रिघा वासी समेत प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित