अस्मिता थापा । एकदिन फेसबुक चलाउदै गर्दा फेसबुकमा एकजना म्यामको संघर्षको तस्विर र शब्दहरु देखे .. सरसर्ती पढ्दा वरवरी आँसु झर्यो । विगत सम्झिए काखमा खेल्दै गरेकी छोरीलाई एकैछिन सुमसुमाए
मेरोपनि समस्या उही थियो भर्खर भर्खर एमएड सकिनै लागेको थियो साथिहरूले भने फर्म खुल्यो MA political science भरौन । मलाइ अवगत थियो मेरो बुबा र ठुलोबुबा ले पनि पहिले TU देखि political science df masters गर्नु भएको त्यसैले मलाइ पनि त्यो विषयमा फेरी मास्टर गर्ने कौतुहल जाग्यो र Double masters गर्ने निर्णय गरे र त्यो फर्म पनी भरियो ! ईक्जाम आयो सेन्टर पर्यो भक्तपुर पेटमा ५ महिनाको बच्चा थियो । एकतिर डाक्टरको वार्निङ वेल धुकधुक भित्रभित्रै बजिराख्थ्यो यानकी गाडीमा धेरै हिडडुल नगर्नु भन्ने आग्रह थियो ।
अर्कोतिर मनमा दोधार र डर थियो । तयारी पनि केही थिएन बुक कुन कुनामा छ त्यो पनि थाहा थिएन । बसाई घर धापासी थियो अर्कोदिन जाने जमर्को गरे सार्वजनिक यातयात बस चढे किताब हातमा लिएर सरसरी हेर्न थालेँ पुग्नै २ घण्टा भन्दा बढी समय लाग्यो फर्कन उत्तिकै ईक्जाम थियो ४ घण्टा लगातार, भोक तिर्खा अलग्गै थियो ।
एक्जाम सकेर घरआएर खाना पकाउनु मेरो दैनिकी थियो । पकाएर खाना खादा राति भैसकेको रहेछ केहि ख्याल नगरि त्यो रात त्यतिकै सुते बिहान उठदा भिन swelling भएर डरलाग्दो भएछन् । एकछिन मनमा हडबड हुनथाल्यो सोचे कतै म भित्रको छुट्टै संसारमा भर्खर पलाउन लागेको मुना फैलाउन नपाइ मासिदैपो छ की ? दिदीलाई भने दिदी ले गालि पो गर्न थाल्नुभयो । यस्तो बेला के यसो गरेकी खतरा हुन्छ टाढाको सफर हिड्नु हुदैन भन्दै । तैपनि हरेश खाइन म भित्र आशाको दिप बलिरहयो । बाँकी ४ विषय थियो मनले मानेन यों वर्षको exam final भन्ने अठोट गरे सबै विषय दिए ।
तर भित्र भित्रै निकै डर थियो ठुलो चुनौती थियो भोक तिर्खा नभनी हिँडेको यात्रामा साथमा गर्भमा खेलिरहेको बच्चा थियो । आमा भोको हुदा बच्चा पनि भोको हुन्छ भन्ने कतै सुनेकी थिए । त्यो समय म र मेरो बच्चा साच्चिकै चुनौती सामना गर्याै । मेरो हर प्रयासमा म भित्रको बच्चाले साथ दिएको आभास हुन्थ्यो । अन्नत मेहेनत को फल पाए । बच्चा पनि सकुशल जन्मियो । केही समय पछि माइतिमा गए । मध्यरातमा मोवाईलमा साथिको म्यासेज आयो म पास भए तपाइको के भयोनी भन्दै । हतार गरी गरी रोल.नं चेक गरे म त पास पो भएछु ।
साच्चिकै एक नारिलाइ कत्ति संघर्ष गर्नुपर्छ । विशेषगरी विहेपछि पढाईको मामिलामा । कतिपय छोरीहरु बिहे भएको भोलिपल्टदेखिनै सक्किगएँ भनेर लेखपढ अनि अरु व्यक्तित्व विकासका सबै काम छोड्ने हतोत्साही प्रवृतिका हुन्छन तर म मा त्यो लागु भएन । विहे गर्दा भर्खर प्लस टु सकेर bachelor join गरेकी थिएँ । घरमा बुढी ८४ गरेकी हजुरआमालाइ काठमाडौं मा लिएर उहाको केयर गर्दै पढ्छु भन्ने अठोट लिए । मेरो पढाइ र उहाको केयर मेरै हातमा थियो कति राम्रो बनाउने भन्नेमा ।
बिहान साँझ घरको काम र हजुरमाको रेखदेखमा समय व्यतित गर्थेँ दिउसो हजुरमाको लागि थर्मसमा चिया र केही खाजा राखदिएर किर्तीपुर क्यामपस TU जान्थे । बिहे पछिनै २ ओटा मास्टर लगभग सकाएँ । still LLB पढ्दै छु । यात्राकै क्रम मा छु । गन्तव्य पुग्न अझै बाकि छ । हेरौ कति निरन्तरता दिन सकिन्छ । त्यो बताउने त भविष्य छँदैछ । भन्छन नी हरेक सफलताको पछाडी अबष्य कसैको हात हुन्छ । हो मेरो सफलताको सम्पुण श्रेय मेरो आदरणिय ससुरा बुबा र श्रीमानलाइ दिन चाहान्छु । मेरो सफलता को अथाह प्रयासमा उहाँहरुकै सपोर्ट र उत्साहपुर्वक माया छ । त्यसैले शैक्षिक यात्रा निरन्तर छ ।
त्यसैले हजुरहरुलाइ पनि आग्रह विहे र बच्चालाइ आफ्नो भविष्य विकासको बाधकको रुपमा नलिनुहोस यसलाइ चुनौतीको रुपमा लिएर सामना गर्दै जानुहोस । बिहे गर्दैमा आफ्नो सम्पुर्ण इच्छा चाहानामा फुलस्टप नलगाउनुहोस । जिन्दगी घोडा हो आफ्नै रफतारमा दौडिरहन्छ । तर घोडालाइ लगाम लगाउन सिक्नुहोस, अवष्य लक्ष्य प्राप्त गर्नुहुनेछ ।